स्वस्तिक अस्पताल र लक्ष्मी बचत तथा ऋण सहकारी बिच सम्झौता

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले यही असार २३ गते शनिबारका दिन विशेष छुटका साथ मुटु सम्बन्धी क्याम्प समेत सञ्चालन गर्न गईरहेको जनाएको छ ।

धनगढी : स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. र लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी बिच सम्झौता भएको छ । यो सम्झौता सँगै लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सँग आबद्ध सम्पूर्ण शेयर सदस्य, बचत कर्ता, ऋणी लगायत संस्थाको परिचयपत्र प्राप्त गर्नुभएका व्यक्तिहरूले छुट सेवा प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा शनिवार अस्पतालका तर्फबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका अध्यक्ष महेश राज जोशी र लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीका अध्यक्ष सञ्जय पन्तले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता सँगै आजका मितिबाट स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीमा आबद्ध व्यक्तिहरूलाई जुनसुकै प्रकारको अपरेसनमा १० देखी १५ प्रतिशत छुट, डाईग्नोष्टिकमा १५ प्रतिशत छुट, ल्याब, एक्स-रे, ईसिजी, युएसजी, ईको, टिएमटी, एबीपी, हल्टर, फिजियोथेरापी, बेड चार्जमा पनि १५ प्रतिशत छुट र सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष महेशराज जोशीले जानकारी दिनुभयो ।

यस्तै, अध्यक्ष जोशीले उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी तथा अन्य सदस्य ज्युहरूले उल्लेखित सेवा लिनको लागी अस्पतालले प्रदान गरेको सदस्यता कार्ड ल्याई बिरामी स्वयम अनिवार्य अस्पतालमा उपस्थित हुनु पर्ने प्रावधान रहेको अध्यक्ष जोशीले जानकारी गराउनु भएको थियो ।

यस्तै, उक्त अवसरमा आफ्नो संस्थामा आबद्ध सम्पूर्ण व्यक्तिहरूको उपचार सेवामा छुट प्रदान गर्ने गरी सम्झौता गर्न पाउँदा खुसी व्यक्त गर्दै यस अवसरमा साथ दिने सबै सहकारीमा आबद्ध व्यक्तित्वहरू तथा अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गर्दै लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीका अध्यक्ष ललित पन्तले छुट सेवा प्राप्त गर्ने कार्ड लिनको निम्ति सहकारीको कार्यालयमा सम्पर्क राख्न समेत आग्रह गर्नुभएको छ ।

यसका साथै, स्वस्तिक अस्पताल धनगढीले यही असार २३ गते शनिबारका दिन विशेष छुटका साथ मुटु सम्बन्धी क्याम्प समेत सञ्चालन गर्न गईरहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार