प्रचण्डहरूको समाजवादी मोर्चा पार्टीहरूको असफलताको द्योतक हो : नेता बास्तोला [भिडियो]

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्डहरूको समाजवादी मोर्चा पार्टीहरूको असफलताको द्योतक रहेको टिप्पणी गरेका छन् ।

धनगढी : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्डहरूको समाजवादी मोर्चा पार्टीहरूको असफलताको द्योतक रहेको टिप्पणी गरेका छन् । कैलालीको धनगढीमा दुई दिन सम्म सञ्चालन भएको प्रदेश स्तरीय एकता अधिवेशन, प्रशिक्षण तथा बैठकमा सहभागी हुन धनगढी पुगेका बास्तोलाले पत्रकारहरू सँग प्रतिक्रिया दिँदै यस्तो टिप्पणी गरेका हुन् ।

उक्त समाजवादी मोर्चा आगामी चुनाव र संसदीय अङ्क गणित मिलाउनका लागी निर्माण भएको भए पनि पार्टी एकता नगरी चुनावमा जित सम्भव नदेखिएको नेता बास्तोलाको तर्क थियो । 

यही असार ४ गते सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार