पेट्रोलियम पदार्थको मूल्य घटे सँगै अब प्रति लिटर कति पर्छ ?

पेट्रोलियम पदार्थ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सोमबारको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

यससँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइनेछ । जसमा पहिलाे वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।

भारतबाट इन्धनकाे मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य समायाेजन गरिएकाे निगमले जनाएकाे छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार