के तपाईँले गुगल डुडलमा आज पानी पुरी देख्नुभयो, यस्तो छ कारण ?

के तपाईँले गुगल डुडलमा आज पानी पुरी देख्नुभयो, यस्तो छ कारण ?

काठमाडौं : पछिल्लो समय नेपालमा पनि सबै उमेर समूहले रुचाउने स्ट्रिट फुड पानीपुरी आज बिहानैदेखि गुगलको लोगोसँगै देखिएको छ । भारतमा गोलगप्पा, पानीपुरी र पुचका नामले परिचित यो स्ट्रिट फुडलाई गुगलले डुडल गेमका रूपमा समावेश गरेको छ ।

गुगलले डुडल गेमका रूपमा पानीपुरी राख्नु रोचक घटना जोडिएको छ । १२ जुलाई २०१५ मा भारतको मध्यप्रदेशको इन्दोरी सहरमा रहेको एक रेस्टुरेन्टले ५१ फ्लेभरका पानीपुरी सबैभन्दा बढी फ्लेभरको पानीपुरी बनाएर विश्व रेकर्ड राखेको थियो । त्यसको आठ वर्षपछि गुगलले प्रयोगकर्तालाई सो घटनाको स्मरण गराउन डुडल गेममा पानीपुरी समावेश गरेको छ ।

पानीपुरी डुडल गेम खेल्ने प्रयोगकर्ताले भेन्डरलाई पानीपुरी भरेर सहयोग गर्नुपर्ने हुन्छ । माथि कुन पानीपुरी मागेको हुन् भन्ने देखाइएको हुन्छ ।

सो खेल खेल्ने व्यक्तिले तल ग्राहक छुट्टिनुअघि नै उनीहरूले खोजेको पानीपुरी दिनुपर्ने हुन्छ । पानीपुरी दिन ढिलो भयो वा फरक पानीपुरी दिइयो भने गेम सकिन्छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार