प्रहरी बुलेटीन आज दिनभर-देशभर कहाँ के भयो ?

प्रहरी बुलेटीन आज दिनभर-देशभर कहाँ के भयो ?
  • साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कार्यक्रम सुरू

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौं उपत्यकामा साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम बुधबारबाट सुरू गरेको छ ।

सोही कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारास्थित काठमाडौं मल अगाडि बस बिसौनीमा ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरी उक्त कार्यक्रमको सुरूवात गर्नुभएको हो ।कार्यक्रम सुरुवात गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेललेनियम विपरीत सवारी साधन चलाएमा, बढी भाडा लिएमा,  दुर्व्यवहार गरेमा र आरक्षण सिटको पालना नगरेमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न यात्रुलाई अनुरोध गर्नुभयो ।

जथाभावी सवारी चढ्ने र ओर्लने, झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् । सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले उक्त कार्यक्रमको सुरूवात गरेको हो ।

कार्यक्रममा बस बिसौनीबाट मात्र गाडी चढौं, पकेटमारीबाट बचौं,दुर्व्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गर्नुका साथै ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको थियो ।

यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौंका न्यूरोड, शान्तीवाटिका, कालिमाटी, कलंकी, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर लगायत भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने उक्त कार्यालयले जनाएको छ ।

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

            कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मुस्ताङ थसाङ गाउँपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

            सर्वोच्च अदालतको २०७२ भदौ १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाटपक्राउ गरेको हो ।

            उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ

  • नियन्त्रित लागूऔषधसहित पक्राउ

            सर्लाही,बाग्मती नगरपालिका-१२ स्थितबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ पिससहित रौतहट गुजरा नगरपालिका-९ सिमरा भवानीपुर बस्ने २२ वर्षीय आशिष शर्मा ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले ठाकुरलाई जाँच गर्दा  उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

            रुपन्देही,बुटवल उपमहानगरपालिका-९ बसपार्क आउट गेटबाट नियन्त्रित लागूऔषध नुर्फिन४० एम्पुल, फेनारागन ३७ एम्पुल र डाईजेपाम २४ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-८ सिर्जना चोक बस्ने २३ वर्षीय बिश्वास गिरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिटनयाँ बसपार्कबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

            दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ५० वर्षीय बिकाश लामा आफ्नै घरको भन्सा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

            लमजुङ, मर्स्याङदी गाउँपालिका-६ नाईचेस्थित निर्माणधिन सुपर ङादी हाईड्रोपावरमा काम गर्ने तेह्रथुम ठटरा गाउँपालिका-६ घर भएका ३६ वर्षीय प्रकाश किरण लिम्बुबुधबार मृत अवस्थामा फेला परेका छन् ।

            दाङ, बबई गाउँपालिका-७  स्थित डेरा गरी बस्ने सरस्वती माध्यमिक विद्यालय चरकमाटियाका प्रधानाध्यापकसल्यान गंगादेबी गाउँपालिका-१ घर भएका ३७ वर्षीय ललित केसीआफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

            कास्की, पोखरा महानगरपालिका-३१ माझथर घर भई सोही महानगरपालिका चौर बस्ने राहुल थापाको घरमा किसान काम गरी बस्ने ५० वर्षीय दामोदर तिवारी सोही ठाउँस्थित तालबेशी खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

            झापा : शिबसताक्षी नगरपालिका-७ लालपानीस्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेकीअन्दाजी २० वर्षीया महिला बुधबार मृत अवस्थामा शव फेला परेकी छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • नालामा डुबेर एक जनाको मृत्यु

कैलाली : गौरीगंगा नगरपालिका-९ मसुरिया गाउँ बस्ने ७१ वर्षीया काली देवी डगौरा थारुको सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • पहिरोका कारण विभिन्न धनमाल क्षति

सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिका-३ लोदिङस्थित तिते माध्यमिक विद्यालयको भवनमा बुधबार बिहान अविरल बर्षाको कारण पहिरो जाँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार