हल्ला भन्दा काम ज्यादा: सवारी दुर्घटना घट्यो, कैलाली ट्राफिकले राजश्व सङ्कलनमा सुदूर टप्यो 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली

कैलाली : जिल्ला ट्राफिक कार्यालय कैलालीले आर्थिक वर्ष २०७९÷८० मा ढाई करोड भन्दाबढी राजश्व संकलन गरेको छ । जिल्लाका विभिन्न ठाउँमा सञ्चालित सवारीसाधनलाई गरेको कारबाहीबाट दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार यो राजश्व आर्थिक वर्ष २०७८२७९ को भन्दा २१ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा दुई करोड ३३ लाख ७८ हजार पाँच सय रुपैँया राजश्व उठेको थियो भने यो आर्थिक वर्षमा दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक विरेन्द्र जोहारीका अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा १९ हजार २४५ मोटरसाइकल कारबाहीमा परेका हुन् भने सबै भन्दाबढी राजश्व पनि मोटरसाइकल कारबाहीबाटै उठेका छ । इन्स्पेक्टर जोहारीका अनुसार मोटरसाइकललाई कारबाही गरेर एक करोड नौ लाख २० हजार पाँच सय संकलन भएको छ ।

यस्तै, सात हजार ४५१ ट्रकलाई कारबाही गर्दा ४३ लाख ९१ हजार, दुई हजार ५८७ बसबाट १४ लाख ४८ हजार पाँच सय, सात हजार ९५१ जिपबाट ४२ लाख ३५ हजार पाँच सय, चार हजार ११८ टेक्टरबाट २२ लाख ८५ हजार र अन्यबाट २१ लाख ९९ हजार पाँच सय गरी दुई करोड ५४ लाख ८० हजार रुपैयाँ राजश्व संकलन भएको उनले जानकारी दिए । उनले धेरैजसो सवारीसाधनका कागजपत्र नबोेकेका, क्षमताभन्दा बढी यात्रु बोकेका, बढी मालसामान ढुवानी गरेका, लाइसेन्स नभएका र ट्राफिक नियम पालना नगरेका कारण सवारीसाधन कारबाही पर्ने गरेको बताए ।

यस वर्ष बढी राजश्व संकलन हुनुको प्रमुख कारण ट्राफिक प्रहरीको सक्रियता रहेको बताइएको छ । कम जनशक्तिका बावजुद पनि कैलाली ट्राफिकले सुदूरपश्चिमका ८ जिल्लाको भन्दा बढी राजश्व संकलन गरेको दाबी गरेको छ । सुदूरका ९ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले लगभग साढे पाच करोड राजश्व उठाएका छन् । जसमा कैलाली ट्राफिकले मात्रै झण्डै त्यसको आधा दुई करोड ५४ लाख ८० राजश्व उठाएको देखिएको छ ।

यस्तै कैलालीमा राजश्व संकलन बढे पनि सवारी दुर्घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८२७९ मा ३४० सवारी साधन दुर्घटनामा परेका थिए भने यो आर्थिक वर्षमा १६२ सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख जोहारीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा परेर ७६ जनाको मृत्यु र २४० जना गम्भिर घाइते भएका थिए भने यो वर्ष ६५ जनाको मृत्यु र १०० जना गम्भिर घाइते भएका छन् ।

यसरी यस वर्ष दुर्घटनामा कमी हुनुका विभिन्न कारण रहेको प्रहरी निरीक्षक जोहारी बताउँछन् । उनका अनुसार ट्राफिक जनचेतनामुलक कार्यक्रम तीव्र हुनु, ट्राफिक नियम उलंघन गर्ने चालकलाई कक्षा दिनु, ट्राफिक प्रहरीको सक्रियता, चेकजाँचमा कडाई, राति १० बजेसम्म चेकिङले दुर्घटनामा कमी आएको हुनसक्ने बताए ।

“नागरिक तथा चालकलाई सवारी नियमबारे सचेत गराउनु नै दुर्घटना घटाउने मुलमन्त्र हो,’ उनले भने, ‘सडक चौडा हुनु, सडकहरुमा रेखा, ट्राफिक चिन्ह हुनु, जेब्राक्रसिङ विजुली स्ट्रीट लाईट हुनु पनि दुर्घटना घटनुको कारण हुन् ।”

साथै जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार माघ महिनामा कार्यालयको जिम्मेवारी सम्हालेका इन्स्पेक्टर जोहारीले करि १४ सय भन्दाबढी सवारी साधनका चालकहरुलाई सचेतना कक्षा दिइसकेका छन् । भने इन्स्पेक्टर जोहारीले कार्यालयको जिम्मेवारी सम्हालेदेखि राजश्व संकलनमा पनि वृद्धि भएको तथ्याङ्कले देखाएको

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार