सुदूरपश्चिममा प्रहरी गतिविधि, आज दिनभर

प्रहरी बुलेटीन
  • फरार प्रतिवादी पक्राउ

कैलाली: फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतबाट सार्वजनिक मुद्दामा मिति २०७२।१२।२३ गतेको फैसलाले रू. ५,०००।– (पाँच हजार) जरिवाना तोकी फरार रहेको प्रतिवादी जिल्ला कैलाली गोदावरी न.पा.३ बस्ने बर्ष ३५ को आर्यन बोहरालाई बिहिवार दिउसो ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले निजकै घर ठेगानबाट फेला पारी पक्राउ गरी निजलाई आवश्यक कारवाहीका लागी सम्मानित अदालतमा पेश गरेको हो ।

  • अबैध भन्सार छलीका सामान सहित मानिस पक्राउ

कैलाली : जिल्ला कैलाली धनगढी उप-महानगरपालिका-२ मिलनचोकबाट अबैध भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. १६,५००।– बराबरको चिनी, पास्ता, दाल, बिस्कुट लगायतका सामानहरु बिहिबार दिउसो प्रहरी गस्ति टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिएको हो ।उल्लेखित सामानहरु आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको हो ।

कञ्नचनपुर : जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं. ४ स्थित अबैध भन्सार छलि गरि ल्याएको अन्दाजी मुल्य रु. ६,७३,०००।– बराबरको स्टेशनरीका सामानहरु:- डटपेन, कलर पेन, औजार बक्स, प्लाष्टिक फायल, हाईलाईट लगायतका सामानहरु, भारतिय नम्बर प्लेट भएको UP26AH8657 नम्बरको कार सहित ऐ. बेदकोट न.पा. १० दैजी बस्ने बर्ष ३० को रबि पार्कीलाई बिहिवार दिउसो प्रहरी गस्ति टोलीले फेला पारी नियन्त्रणमा लिएको हो । उल्लेखित सामान सहित कार र निजलाई आवश्यक कारवाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको हो ।

  • लागूऔषध सहित मानिस पक्राउ

कञचनपुर: जिल्ला कञ्चनपुर पुनर्वास न.पा. ५ सिमरी पुलबाट ३ ग्राम लागूऔषध (खैरोहेरोईन) जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली धनगढी उप- महानगरपालिका ११ बस्ने बर्ष ३३ को मान बहादुर रानालाई बिहिवार दिउसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्नपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजले लगाएको हेलमेट भित्र उक्त पदार्थ लुकाईछिपाई राखेको अवस्थामा फेला पारी निज सहित मोटरसाईकल थान-१ प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार