लायन्स क्लब अफ धनगढी खप्तडद्वारा स्वस्तिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा २६ पिन्ट रगत सङ्कलन

लायन्स क्लब अफ धनगढी खप्तडद्वारा स्वस्तिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा २६ पिण्ट रगत सङ्कलन

धनगढी : लायन्स क्लब अफ धनगढी खप्तडद्वारा धनगढीको स्वस्तिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा २६ पिण्ट रगत सङ्कलन भएको छ । शनिवार धनगढीको सहिद गेट स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालीटी हस्पिटल प्रा.लि. (स्वस्तिक अस्पताल)मा आयोजित रक्तदान कार्यक्रममा विभिन्न रगत समूहका २६ जनाले रगत दान गरेका हुन् ।

जीवनको उपहार दिनुहोस्, रक्तदान गर्नुहोस् भन्ने मूल नाराका साथ लायन्स क्लब अफ धनगढी खप्तडले आयोजना गरेको उक्त कार्यक्रमका लागी स्वस्तिक अस्पतालले एसी सहितको हल उपलब्ध गराएको थियो ।

लायन्स क्लब अफ धनगढी खप्तडको मुख्य काम नै सेवा गर्नु रहेकोले यो बर्सादको समयमा हुने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको एवं कार्यक्रम सफलताका साथ सम्पन्न गर्न साथ सहयोग पुर्‍याउनु हुने र विशेष गरी जीवन दान गर्नुहुने रक्तदाताहरूलाई लायन्स क्लब अफ धनगढी खप्तडका अध्यक्ष श्याम जोशीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

यस्तै, क्लबले आगामी दिनहरूमा पनि सेवामुखी कार्यक्रमहरू विभिन्न स्थानमा वृक्षारोपण तथा एकदमै नयाँ युवा सिपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रमहरू रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार