लायन्स र लिओ क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको वर्ष २०२३/२४ को अध्यक्षमा शाही र पनेरु

लायन्स र लिओ क्लब अफ हेल्थ एण्ड मेडिको वर्ष २०२३/२४ को अध्यक्षमा शाही र पनेरु

धनगढी : लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको वर्ष २०२३/२४ को अध्यक्षमा  लायन कुबेर बहादुर शाही र लिओ क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको वर्ष २०२३-२४ को अध्यक्षमा लिओ नवीन पनेरु चयन भएका छन्।  दुवै जनालाई एक कार्यक्रमका बिच शनिवार जिम्मेवारी हस्तान्तरण गरिएको हो । 

पदभार ग्रहणको क्रममा लायन कुबेर बहादुर शाहीले पूर्ण विश्वासका साथ हामीलाई अग्रपङ्क्तिमा ल्याई थप सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरित गर्नुहुने सम्पूर्ण लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको र लिओ क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको परिवार प्रति आभार प्रकट गरे । 

यस्तै, आजै चयन भएका लिओ क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको वर्ष २०२३/२४ का अध्यक्ष लिओ पनेरुले सोही कार्यक्रममा पदभार ग्रहण गर्दै सामाजिक क्रियाशीलताको परिवेशमा लायन्सले चालेको पाइला पछ्याउँदै थप ऊर्जावान् भैँ अघि बढ्ने र पृथक् ढङ्गले सामाजिक कार्यहरूमा आफ्नो समूह अग्रसर रहने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार