केएमसीको स्ववियु सभापतिमा यमराजको ‘इन्ट्री’ पछि रचनात्मक कार्यको सिलसिला बढ्दो, के हो शिक्षासँगै सीप अभियान ?

केएमसीको स्ववियु सभापतिमा यमराजको 'इन्ट्री' पछि रचनात्मक कार्यको सिलसिला बढ्दो, के हो शिक्षासँगै सीप अभियान ?

धनगढी: कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा यमराज जोशी विजयी भएर कार्यभार सम्हाले पछि क्याम्पसमा स्ववियुले रचनात्मक कार्यहरू गर्न थालेको छ ।

जोशीले नेतृत्व सम्हाले पछि स्ववियुले क्याम्पसमा शिक्षा सङ्गै संस्कार अभियान, विभिन्न दिवसको अवसर पारी वृक्षारोपण, रक्तदान लगायतका कामहरू र अहिले पछिल्लो समय  शिक्षासँगै सीप अभियान जस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालनमा आएका हुन् । 

केएमसीको स्ववियुले पढाई सङ्गै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निःशुल्क सञ्चालन गर्ने छ ।

जस अन्तरगत  विभिन्न विषयमा तालिम लिन इच्छुक विद्यार्थीहरूले आफ्नो इच्छाएको एक मात्र विषय खुलाएर आवेदन दिन सूचना निकालिएको छ। 

तालिम लिन इच्छुक विद्यार्थीले यही श्रावण ३० गते सम्म स्ववियु कार्यालयमा या सम्पर्क व्यक्तिसँग सम्पर्क गरी नाम दर्ता गराउन सकिने स्ववियु सभापति यमराज जोशीले जानकारी दिए ।

हामीले विद्यार्थीहरूको जीवनमा महत्त्वपूर्ण परिवर्तन आओस् भन्ने चाहाना सहित यो अभियान सञ्चालन गर्न खोजेका हौँ। यस्ता अभियान निरन्तर चलाउने सोच बनाएका छौँ,

उनले भने। 

स्ववियुले १५ दिने लोकसेवा तयारी कमान्डो कोर्स ९ लोकसेवाको तयारी गरिरहनु भएका र तयारी गर्ने इच्छा भएका विद्यार्थीहरूका लागि १५ दिने शिक्षक सेवा आयोग तथा शिक्षक अध्यापन अनुमति पत्र तयारी कमान्डो कोर्स शिक्षक सेवा आयोगको र अध्यापन अनुमति पत्रको तयारी गरिरहेका विद्यार्थीहरूका लागि तालिमको आयोजना गरिँदै छ।

यस्तै, १५ दिने बैङ्किङ तयारी कमान्डो कोर्स, १० महिने सङ्गीत र नृत्य तालिम, आधारभूत बिजुली मर्मत तालिम, अङ्ग्रेजी भाषा प्रशिक्षण, अनुसन्धान र व्यक्तित्व निर्माण सम्बन्धी तालिम र परामर्श दिइने सभापति जोशीले बताए । 

हेर्नुस्, जारी सूचनामा थप के-के छ ?

विद्यार्थी साथीहरूमा जरुरी सूचना !

स्वतन्त्र विद्यार्थी युनियनको शिक्षासङ्गै सीप अभियान अन्तर्गत पढाइसङ्गै जीवन यापन सहज गर्न, दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निशुल्क सञ्चालन गरिने हुँदा इच्छुक विद्यार्थीहरुले आफ्नो इच्छाएको एकमात्र विषयमा यही श्रावण ३० गते सम्म स्ववियु कार्यालयमा गई अथवा सम्पर्क व्यक्तिसँग सम्पर्क गरी नाम दर्ता गराउनुहोला । हामीले विद्यार्थीहरूको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याओस् भन्ने चाहानासहित यो अभियान सञ्चालन गरेकाछौ । हाम्रा अभियानहरू निरन्तर चल्नेछन् ।अभियानलाई सफल पार्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेकाछौँ ।

कोर्षहरु

• १५ दिने लोकसेवा तयारी कमान्डो कोर्ष ( लोकसेवाको तयारी गरिरहनु भएका र तयारी गर्ने इच्छा भएका विद्यार्थीहरूले मात्र भर्नुहोला) सम्पर्क व्यक्तिहरू:सुमिता खड्का, गौरी सिंह, लोकेन्द्र चौधरी

• १५ दिने शिक्षक सेवा आयोग तथा शिक्षक अध्यापन अनुमतिपत्र तयारी कमान्डो कोर्ष (शिक्षक सेवा आयोगको र अध्यापन अनुमतिपत्रको तयारी गरिरहेका विद्यार्थीहरूले मात्र भर्नुहोला) सम्पर्क व्यक्तिहरू :

• गणेश उपाध्याय : संयोजक

• जनक अवस्थी

• गौरी सिंह

• १५ दिने बैंकिङ तयारी कमान्डो कोर्ष (बैंक क्षेत्रमा काम गर्न इच्छुक, व्यवस्थापन संकायमा अध्ययन गरिरहेका विद्यार्थीले मात्र भर्नुहोला) संपर्क व्यक्तिहरू :

• अम्बिका चौधरी : संयोजक

• कपिल दत्त भट्ट

• हिमाल थापा

• के एम सी म्युजिक क्लबको समन्वयमा १० महिना गायन तथा आवश्यकता अनुसार नृत्य कक्षा (गायन, तथा नृत्यमा इच्छा भएका विद्यार्थीहरूले मात्र भर्नुहोला) सम्पर्क व्यक्तिहरू:

• धर्म तिमिल्सिना: संयोजक

• प्रमिला शाह

• वर्षा सुनार

• बेसिक बिजुली मर्मत तालिम (पढाइमा आफूलाई कमजोर ठान्ने पढाइका अलावा रअन्य प्राविधिक तर्फ बिजुली मर्मत सम्बन्धी सीप सिक्न चाहने विद्यार्थीले मात्र भर्नुहोला ) सम्पर्क व्यक्तिहरू:

• लोकेन्द्र चौधरी : संयोजक

• सुमिता खड्का

• धर्म तिमिल्सिना

• शुशिल जोशी

• अङ्ग्रेजी भाषा कक्षा श्रावण २० गतेबाट सञ्चालन गर्नुपर्ने भएकाले २० गते भित्र नाम दर्ता गराइ सक्नुपर्नेछ। (सामान्यतया परीक्षामा प्रश्नपत्रका प्रश्नहरू बुझ्न नसक्ने अंग्रजी भाषामा आफूलाई धेरै कमजोर ठान्ने विद्यार्थीहरूले भर्नुहोला) संपर्क व्यक्तिहरू:

• सन्तोष पन्त : संयोजक

• देवेन्द्र पाण्डे

• गणेश उपाध्याय

नोट : तल उल्लेख गरिएका कार्यक्रमहरु हाम्रो अभियान अन्तर्गत साप्ताहिक, मासिक रुपमा एकदिन आवश्यकता अनुसार विद्यार्थी र क्याम्पस दुवैको हित हुनेगरी गरिने भएकाले माथिका कार्यक्रममा सहभागी विद्यार्थीहरुले पनि आफ्नो रुचि र संकाय अनुसारका कार्यक्रममा सहभागी हुन पाउनेछन् । यसको लागि नाम दर्ता गरिरहनु परेन । कार्यक्रम आयोजना भएको सूचना पाउनुभो भने सहभागिता जनाउन सकिनेछ ।

• शिक्षासङ्गै संस्कार अभियान

आवश्यकता अनुसार (विज्ञ प्रशिक्षकहरु बाट पढाइ सङ्गै असल जीवनयापनको ज्ञान, इतिहास, धर्म, संस्कृति, संस्कार, भूगोलका विषयमा ज्ञान र जीवनका भोगाईहरुको अनुभवहरू प्रस्तुत हुनेछन्।) सम्पर्क व्यक्तिहरू :

मधु प्रसाद आचार्य : संयोजक

कपिल दत्त भट्ट

प्रमिला शाह

• व्यक्तित्व विकास, नेतृत्व विकास र सेमिनार सञ्चालन

•पुष्पराज राना : संयोजक

• कपिल दत्त भट्ट

• गौरी सिंह

# कानुन सङ्कायमा विभिन्न सेमिनार सञ्चालन

• वर्षा सुनार : संयोजक

IT सम्बन्धी सेमिनार कार्यक्रम

• कमल कुमार ऐडी : संयोजक

• युकेश कुँवर

• लोकेन्द्र चौधरी

स्नातकोत्तर तहमा हुने अनुसन्धानात्मक सेमिनार

• उमेश कुमार बिष्ट : संयोजक

• यमराज जोशी

• सन्तोष पन्त

# स्वच्छ हरियाली के एम सी अभियान

• धीरेन्द्र सहकारी : संयोजक

• गणेश उपाध्याय

• धर्म तिमिल्सिना

• अम्बिका चौधरी

# खेलकुद कार्यक्रम

• जनक अवस्थी : संयोजक

• देवेन्द्र पाण्डे

• युकेश कुँवर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार