१७ वर्षदेखि सम्पर्कमा छैनन् कमाउन भारत गएका कैलालीका सिंह, खोजी गरिदिन परिवारको आग्रह

१७ वर्षदेखि सम्पर्कमा छैनन् कमाउन भारत गएका कैलालीका सिंह, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौं : रोजगारीका लागि भारत गएका कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ ओखलढुंगाका वीरबहादुर सिंह १७ वर्षदेखि घरपरिवारको सम्पर्कमा आएका छैनन् ।

कमाउन परदेश गएका सिंह वर्षौंदेखि सम्पर्कमा नआएपछि परिवारजनले उनको खोजीका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

२०६३ सालमा १८ वर्षको उमेरमा सिंह रोजगारीका लागि भारतको मुम्बई गएका थिए । ‘मुम्बईमा केही वर्ष बसेर कालापहाड भन्ने ठाउँमा गएको खबर पाएका थियौँ । तर उहाँ अहिलेसम्म पनि परिवारको सम्पर्कमा आउनुभएको छैन’, सिंहका भाञ्जा प्रेम देउवाले भने ।

उनले सिंहका बारेमा कुनै जानकारी भए खबर गरिदिन आग्रह गरे । ‘कोही कसैले कतै देख्नुभयो भने नजिकैको प्रहरी कार्यालयमा वा ९८६७४०८८७७ र ९८६४३१६८०२ नम्बरमा खबर गरिदिन हार्दिक अनुरोध गर्दछौँ, देउवाले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार