फेसबुकमा अब एउटै अकाउन्टबाट थप चार ओटा पर्सनल प्रोफाइल बनाउन सकिने

फेसबुक

काठमाडौं : मुख्य अकाउन्ट प्रयोग गरेर फेसबुकमा थप चार ओटा व्यक्तिगत प्रोफाइल बनाउन सकिने भएको छ । एक ब्लग लेख्दै मेटाले नयाँ सुविधाबारे जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा व्यक्तिगत र व्यावसायिक जीवन अलग राख्न, फरक रुचिहरूका लागि फरक प्रोफाइल प्रयोग गर्न यो सुविधा ल्याएको मेटाले बताएको छ । यसरी बनाइने भिन्न भिन्न प्रोफाइलमा कोसँग जोडिने र आफ्नो ‘कन्टेन्ट’ (प्रोफाइलबाट हालिने सामग्रीहरू) कसलाई हेर्न दिने भनेर मिलाउन सकिने छ ।

मुख्य अकाउन्टले अन्य प्रोफाइलबारे कुनै जानकारी दिँदैन । ती प्रोफाइलहरूको फरक नाम, आफ्नै मेसेज, छुट्टै प्राइभेसी सेटिङ र नोटिफिकेसन पनि अलग्गै हुने मेटाको भनाइ छ । यहीकारण ती फरक-फरक प्रोफाइल एक अर्काभन्दा भिन्न हुने र लगआउट वा लगइन नगरी सजिलै प्रोफाइल स्विच गर्न सकिने मेटाले उल्लेख गरेकाे छ ।

तर त्यसरी बनाइने प्रोफाइलहरूमा डेटिङ, मार्केटप्लेस, प्रोफेसनल मोड र पेमेन्ट जस्ता फिचर हुने छैनन् । चाँडै नै त्यस्ता प्राेफाइलमा मेसेन्जर सपोर्टकाे सुविधा दिने मेटाले उल्लेख गरेको छ ।

यो सुविधा ल्याउन मेटाले गत वर्षदेखि काम गरिरहेको थियो । रुचि अनुसार फरक-फरक अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो फिचर उपयोगी हुने देखिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार