धनगढीको पुष्पलाल चोकमा खुल्यो फ्यान्स जोन क्याफे एण्ड रेष्ट्रो बार

धनगढीको पुष्पलाल चोकमा खुल्यो फ्यान्स जोन क्याफे एण्ड रेष्ट्रो बार

धनगढी : धनगढी उप-महानगरपालिका वडा नं. १ स्थित (सेतो पुल नजिक) पुष्पलाल चोकमा फ्यान्स जोन क्याफे एण्ड रेष्ट्रो बार सञ्चालनमा आएको छ । शुक्रवार देखी उक्त क्याफे सञ्चालनमा आएको हो । 

करिब चालीस लाखको लगानीमा सञ्चालनमा आएको फ्यान्स जोन क्याफे एण्ड रेष्ट्रो बारमा चिकेन तथा मटन हण्डी बिरयानी, चिज कर्नडग, झोल मम, चिकेन मम, भेज मम का साथै विभिन्न इण्डीयन, चाइनिज तथा नेपाली नास्ताका परीकार एवं मौसम अनुसारको चिसो तातो बाता अनुकूलित वातावरणमा विभिन्न पेय पदार्थहरू सुपथ मूल्यमा पाइने फ्यान्स जोन क्याफे एण्ड रेष्ट्रो बारका सञ्चालक सुवास खातीले जानकारी दिए ।

खातीका अनुसार स्वदेशमै केही गरौँ र धनगढीका खानाका विभिन्न परीकारहरूका पारखीहरूलाई विशेष स्वाद सुपथ मूल्यमा प्रदान गर्ने उद्देश्यले फ्यान्स जोन क्याफे खोलिएको हो । 

खेल प्रेमीहरू का लागी विशेष वातावरण मिलाई खोलिएको क्याफेमा क्याबिन, खुल्ला टेबल,  विभिन्न बर्थडे पार्टी, बैठक तथा तालीम सञ्चालन गर्न मिल्ने २५ जना अटाउने क्षमता भएको हलका साथै शान्त वातावरण सहितको छलमा खुल्ला मिनी हलको पनि व्यवस्था रहेको छ । 

अहिले फ्यान्स जोन क्याफे एण्ड रेष्ट्रो बारमा ५ जनाले रोजगारी समेत पाएका छन् । भने क्याफेमा आउने पाहुना/ग्राहकहरूको फ्री फोटो सुटको पनि व्यवस्था गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

80%

खुसी

0%

दुःखी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार