जयपृथ्वी-४ गडखेत अप्टिकल फाइबर लाइनमा जोडियो, स्थानीय खुसी

जयपृथ्वी-४ गडखेत अप्टिकल फाइबर लाइनमा जोडियो, स्थानीय खुसी
कार्यालय प्रमुख सिह लगाएत प्राविधिकको टोली फाईवर लाईन जोड्दै

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका ४ गडखेत आज शनिवार देखि नेपाल टेलिकमको अप्टिकल फाइबर सँग जोडिएको छ । अप्टिकल फाईवरसॅग जोडिएपछि अव इन्टरनेटबाट हुने कामहरू सहज हुने स्थानीयले बताएका छन् ।

बझाङ सदरमुकाम चैनपुर देखि ३ किलोमिटर मात्र टाढा रहेको गडखेतमा डाडाले छेकिदा फोर जी नेटवर्कले काम नगर्दा समस्या हुने गरेको थियो । अव गाउँमा नेपाल टेलिकमको फाइबर लाइन पुगेपछि सजिलो हुने स्थानीयले विश्वास लिएका छन् ।

स्थानीय पूर्ण प्रसाद उपाध्यायले भन्नुभयो, ‘गडखेतमा यो भन्दा पहिले डाडाले छेक्दा मोबाइलमा डाटा चलाउन पनि समस्या हुने गरेको थियो , अव फाइबर लाइनमा जोडिएपछि सहज हुन्छ ।’

यस भन्दा अगाडी वडा नं. ४ को गोलाई सम्म मात्र तानिएको फाइबर लाइन गडखेत सम्म पनि पुगाउन भन्दै स्थानीयले निरन्तर माग गरेपछि नेपाल टेलिकम डडेलधुरा र नेपाल टेलिकम बझाङबाट आएको प्राविधिकको समूहले लाइन विस्तार गरेको नेपाल टेलिकम बझाङका प्रमुख बम बहादुर सिंहले बताउनुभयो ।

लाइन विस्तारका लागि कार्यालय प्रमुख सिंह शनिवार बिहानै देखि फिल्डमा आफै खटिनु भयको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार