विश्वकै सबैभन्दा मूल्यवान ह्विस्की लिलामीमा जाने

विश्वकै सबैभन्दा मूल्यवान ह्विस्की लिलामीमा जाने

 विश्वकै सबैभन्दा मूल्यवान ह्विस्की लिलामीमा जाने भएको छ । द म्याकलन डिस्टिलरीको सिंगल माल्ट ह्विस्कीको एक बोतल आगामी महिना अनुमानित १२ लाख अमेरिकी डलर (१५ करोड ९३ लाख ४ हजार हजार ८ सय नेपाली रुपैयाँ)मा लिलामीमा राखिन लागिएको हो ।

द म्याकलनद १९२६ विश्वमै सबैभन्दा खोजिएको ह्विस्कीको रुपमा चिनिन्छ । यो कुरा सन् २०१९ मा १५ लाख अमेरिकी डलरमा यही किसिमको ह्विस्की लिलाम हुँदा पुष्टि भएको थियो ।

यो ह्विस्कीलाई १९२६ मा डिस्टिल गरेर ६ दशकपछि १९८६ मा यसलाई खोलेर बोतलमा राखिएको थियो । जम्मा ४० बोतल मात्रै यो ह्सिकी उत्पादन गरिएको थियो । बिक्रीका लागि नभएको भएतापनि म्याकलनका विशेष क्लाईन्टहरुका लागि यो ह्विस्की भने उपहारका रुपमा दिइृएको थियो ।

पछिल्ला वर्षहरुमा यो ह्विस्की लिलामीमा राखिँदा निकै महंगोमा बिक्री हुने गरेको छ । यसपटक भने यो ह्विस्कीलाई १८ नोमेम्बर मा लिलामीमा राखिनेछ । म्याकलन अडामी १९२६ नामक यो ह्विस्कीलाई लण्डनको सोथेब्लीमा अनुमानित ७ लाख ५० हजार अमेरिकी डलरदेखि १२ लाख अमेरिकी डलरका बीचमा लिलामीमा राखिने बताइएको छ ।

त्यत्तिबेला यो ह्विस्कीका १२ बोतलहरु मात्रै उत्पादन गरिएको थियो । तर, हाल कति वटा बाँकी छन् भन्ने कुरा भने स्पष्ट छैन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार