सुदूरपश्चिम सरकारले पठाएको चिकित्सक सहितको टोली फिर्ता पठाइयो 

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली फर्कीएको छ।
प्रकाशित : :

धनगढी : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोली फर्कीएको छ। उनीहरुलाई तत्काल मेडिकल टिमको आवश्यकता नभएको भन्दै फिर्ता पठाइएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डाक्टर गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशी र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो।

सुर्खेत पुगेपछि कर्णालीका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रबिन खड्काले तत्काल मेडिकल टिमको आवश्यकता नभएको बताएपछि आफूहरु फर्केको जोशीले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट