गलत पोजिशनमा बस्नाले स्वास्थ्यमा कयौं नोक्सानी हुन सक्छन्

गलत पोजिशनमा बस्नाले स्वास्थ्यमा कयौं नोक्सानी हुन सक्छन्

गलत पोजिशनमा बस्नाले स्वास्थ्यमा कयौं नोक्सानी हुन सक्छन् । धेरै लामो समयसम्म एउटै पोजिशनमा बस्दा मुटु, मधुमेहको रोग लाग्ने खतरा कैयौं गुणा बढेर जान्छ ।

मुटु

गलत तरिकाले बस्दा तपाईंलाई मुटु सम्बन्धी समस्या हुन सक्छ । दैनिक तीन घण्टा एउटै स्थानमा बस्नाले शरीरमा रगतको सञ्चार सही तरिकाले हुँदैन जसले गर्दा मुटु सम्बन्धी रोग लाग्न सक्छ ।

कोलेस्ट्रोल

लगातार एउटा स्थानमा बस्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढ्छ । यसबाहेक तपाईं मोटोपनको शिकार पनि हुन सक्नुहुन्छ ।

मधुमेह

गलत तरिकाले एउटा स्थानमा लामो समय बसिरहँदा मधुमेह हुने सम्भावना पनि कैयौं गुणा बढेर जान्छ । यदि तपाईं दैनिक रुपमा ७ घण्टा बस्नुहुन्छ भने यसले इन्सुलिनमा ४० प्रतिशतसम्म असर पार्न सक्छ ।

मांसपेशी सुन्निने

लामो समयसम्म कुर्सीमा बसिरहनाले शरीरका मांसपेशी सुन्निने समस्या हुन सक्छ । साथमा खुट्टामा रगत जम्ने कारणले गर्दा हिँडडुल गर्न पनि समस्या हुन सक्छ ।

हड्डी

गलत तरिकाले लामो समय एउटै स्थानमा बसिरहने गर्नाले बोन डेन्सिटीको समस्या हुन सक्छ । यस्तोमा सानो चोट लाग्दा पनि शरीरमा फ्याक्चर वा हड्डी भाँचिने समस्या हुन सक्छ ।

त्यसैले यदि तपाईं आफ्नो शरीरलाई स्वस्थ राख्न चाहनुहुन्छ भने दुई घण्टा भन्दा धेरै एउटै पोजिशनमा नबस्नुहोस् ।

जहिले पनि बस्दा वा उभिँदा शरीरको पोस्चरमा विशेष ध्यान दिनुहोस् । बसिरहेको बेला एक घण्टामा केहीबेर विश्राम लिनुहोस् र हिँडडुल गर्नुहोस् ।

डा. श्रेष्ठको सल्लाह

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार