शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्न कृषि सम्मेलनकाे आयोजना: निर्देशक डा. कट्टेल

शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्न कृषि सम्मेलन आयोजना निर्देशक डा। कट्टेल

चितवन : मङ्सिर ७ गते देखि चितवन जिल्लाकाे रामपुरमा हुन लागेको स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको सम्मेलनको तयारी पुरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हाे । कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालकाे पहिलाे प्राविधिक विश्वविद्यालय हाे ।

विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सराेकारवाला समुदायहरुमा सुसुचित गरि अन्तरक्रिया गर्ने उद्देश्यका साथ विश्वविद्यालयकाे अनुसन्धान तथा प्रचार निर्देशनालयले फस्ट ग्राजुएट कन्फ्रेन्स यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म चितवनकाे रामपुरमा आयाेजना गरेकाे छ ।

सम्मलेनका संयोजक डा.ऋषिराम कट्टेलले कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सूसुचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जानकारी दिनु भयाे । कट्टेल भन्नुहुन्छ, “शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हाे ।”

सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धानमा कार्यपत्र प्रस्तुत गरिने छ । साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ ।

कार्यक्रममा नेदरल्यान्ड, जापान, ताइवान लगायत भारतका १० वैज्ञानिकसहित ३०० भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले बताउनु भयाे । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रुपमा रहनेछन् ।

सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे । सम्मेलनमा ३०० काे हाराहारीमा सहभागिता रहने बताइएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिति रहने छ । साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको उपस्थिति रहने बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार