भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी

भूकम्प प्रभावित क्षेत्र
भूकम्प प्रभावित क्षेत्र

रुकुमपश्चिम : रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका बालबालिका र ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी देखिएको छ ।

आठबिसकोट नगरपालिका–१०, ११, १३ र १४ मा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको हो । शिविरमा सहभागी डा. मणीन्द्र कँडेलका अनुसार आठबिसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाद्वारा आयोजित स्वास्थ्य शिविरमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला, एलर्जी, ग्यास्ट्राइटिस जस्ता स्वास्थ्य समस्या पाइएको थियो ।

चिसो मौसम, आवश्यक खानपानको अभाव, तनाव र दौडधुपले गर्दा भूकम्प प्रभावितको स्वास्थ्य समस्या बढिरहेको पाइएको छ । डा. कँडेलका अनुसार दुई दिनको घुम्ती स्वास्थ्य शिविरमा चार सयभन्दा बढी बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । स्वास्थ्य जाँचका लागि बालबालिका र ज्येष्ठ नागरिक बढी आएका थिए । बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी पाइएको छ ।

शिविरबाट मस्तिष्कघात, पक्षाघात, अटिजम, बौद्धिक अपाङ्गता भएका नौ जनाले पनि सेवा लिएका थिए । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले भूकम्प प्रभावित क्षेत्रका नागरिकमा स्वास्थ्य समस्या बढिरहेको सूचनापश्चात् स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

चिसो मौसम, घरबाहिरको बसाइ, पोषणयुक्त खानेकुराको अभावमा भूकम्प प्रभावितमा स्वास्थ्य समस्या देखिन थालेको र त्यसलाई नियन्त्रण गर्न विभिन्न निकायसँग समन्वय गरी स्वास्थ्य जाँच तथा शिविर सञ्चालन गरिरहेको नगर प्रमुख केसीले बताउनुभयो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार