एक लाख बढी डाउनलोड भयो रमाइलो एप, मेटाउन सक्ला त टिकटकको तिर्सना ?

एक लाख बढी डाउनलोड भयो रमाइलो एप, मेटाउन सक्ला त टिकटको तिर्सना ?

धनगढीः टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप छोटो समयमै लोकप्रिय बन्दै  गएको छ । 

सार्वजनिक भएको करिब एक सातामै यो एप एक लाख भन्दा बढी पटक डाउनलोड भएको रमाइलो एपका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार हाल यस एपमा ९० हजारभन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ता रहेका छन् । 

पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सञ्चालनमा ल्याइएको केही दिनमा नै प्रयोगकर्ता सोचेभन्दा धेरै भएपछि केही समस्या आएको थियो । तर अहिले एपमा सुधार गरेर थप परिस्कृत गर्दै गएको सीईओ घिमिरेले जानकारी दिए । जसअनुसार अहिले डार्क मोड, शर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य  फिचर थपेको उनको भनाइ छ ।

कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ । ‘हामीले हाम्रा प्रयोगकर्ताहरू लाई माया गरिरहेका छौं । उहाँहरूको क्रियसनलाई हामीले उचित स्थान दिनेछौं,’ उनले भनेका छन् । 

कम्पनीले एपलाई क्रमश: अपडेट गर्दै गएको छ । प्रयोगकर्ताले पनि यसलाई क्रमश: अपडेट गर्दै लगेमा नयाँ फिचरहरू छिट्टै प्रयोग गर्न पाउनेछन् । ‘सरकारको नियमनअनुसार नै यस एपलाई प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन्,’ घिमिरेले भने ।  

रमाइलो एपमा सार्वजनिक भएको शर्ट्स तथा भिडियोहरूले सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने छ । जसका लागि प्रयोगकर्ताले रिपोर्ट गर्न सक्ने सीईओ घिमिरेले जानकारी दिए  । 

कम्पनीले अबको केही दिनमा नै एप्पल स्टोरमा रमाइलो एप राख्ने तयारी गरिरहेको सीईओ घिमिरेले जानकारी दिए । अहिले परीक्षणको काम भइरहेको उनको भनाइ छ ।

तर नेपाली प्रविधीको प्रयोग गर्न पाउँदा हौसिएका प्रयोग कर्ता भने अहिले भिडियो अपलोड गर्न ढीला हुने गरेको र भीडीयो हेर्दा पनि लाेड हुन केही गती कम भएको भने महसुस भईरहेको प्रतिकृया दिदै आएका छन् ।

रमाइलो एप https://bit.ly/ramailoshortvideosapp लिंकमा क्लिक गरी गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार