६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि

सेयर बजार

काठमाडौं : सेयर बजार बढेसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि हुँदै गएको छ । बुधबार दिउँसो १२ बजेसम्म ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बीपीडब्लू लघुवित्त र रिपब्लिका मिडियाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । फर्वड माइक्रोफाइनान्स लघुवित्तको ९.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ९.७८ प्रतिशत र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ९.६६ प्रतिशतले वृद्धि भएको छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार