प्रहरी समाचार बुलेटिन

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

धनगढी,०२ पुष : अबैध भन्सार छलीका सामान बरामद                                                               

कैलाली:- कैलालीजिल्लाको बिभिन्न स्थानहरु, धनगढी उप-महानगरपालिका २ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,३००।–बराबरकोचिनी,मिठाई,प्याज,नरिवल लगायतका सामानहरु,धनगढी उप-महानगरपालिका ३ मिलनचोकबाट अन्दाजी मूल्य रु.३५,६००।–बराबरको बच्चाको उलन जाकेट,उलन ट्राउजर लगायतका सामानहरु र  जोशीपुर गा.पा.१लक्कडबाट अन्दाजी मूल्य रु.३,५००।–बराबरको चिनी गरि जम्मा अन्दाजी मूल्य रु.७३,४००।– बराबरको सामानहरु आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

 अबैध लागू औषध सहित मानिस पक्राउ                                                             

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,दोधारा चाँदनी न.पा.१ स्थित महाकाली नदीमा निर्माणाधिन पक्की पुलबाट२.४२ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.बेदकोट न.पा १० बस्ने वर्ष ३० को धनिराम कामीलाई आईतबारसाँझतिर प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले निज भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा शंका लागी चेकजाँच गर्दा निजले प्रयोग गरेको मोटरसाईकलको हेडलाईटको भाईजरमा लुकाई छिपाइ राखेकोअबस्थामा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

 सवारी दुर्घटनामा चार जनाको मृत्यु 

बाजुरा:-जिल्ला बाजुरा,बडिमालिकान.पा. २ खडिगाड भन्ने ठाउँमा सदरमुकाम मार्तडीबाट गौमुल तर्फ गईरहेको सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको लु. ४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरट्याक गर्दा अगाडीको ट्याक्टरमा ठोकिदा दुवै ट्याक्टर रोडमा पल्टिन गई आईतबार साँझतिर दुर्घटना हुँदा लु. ४त ७३०५ नम्बरको ट्याक्टरमा सवार जिल्ला बाजुरा गौमुल गा.पा. ६ बस्ने बर्ष २६ को ट्याक्टर चालक हिक्मतरोकाया,ऐ.बडिमालिका न.पा. १ बस्ने बर्ष ४० को चन्द्र दानी,ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष२३ की किट्टी रोकाया र  ऐ. बडिमालिका न.पा. २ बस्ने बर्ष ४१ को देब राज जोशीको ट्याक्टर मुनिच्यापिनगई घट्नास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरमा सवार तीन जना उपचार पश्चात राती नै डिस्चार्ज भएका छन भनेफरार रहेका सु.प.प्र. ०१-००२ त ४१०५ नम्बरको ट्याक्टर चालकको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षता अभिवृद्धिका लागि ५० जनालाई ट्राफिक नियन्त्रण तालिम सञ्चालन

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, २ पुस

            ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५० जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक नियन्त्रण तालिम सञ्चालन गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।

            सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सडकमा सवारी साधनको व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । अन्य सरोकारवाला निकायहरूसँगको समन्वय लगायतका विषयमा ज्ञान दिइने यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  

            कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रबिन कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना  र प्रहरी जवान ३९ जना गरी कुल ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो ।

नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ

काठमाडौं, २ पुस

            लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-८ घर भई काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबि भन्ने दिल बहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका छन् ।

            केही व्यक्तिहरुले लिखत किर्ते गरी सवारी दर्ता किताव लगायतका कागजातहरु तयार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले दिल बहादुरलाई काठमाडौं कालीमाटीबाट र आइतसिंहलाई मनोहरा नगरपालिका-१ बम्ह्रखेलबाट पक्राउ गरेको हो । उनीहरूबाट बाग्मती प्रदेश ०१ ०२५ च २७५९ नम्वरको कारको ब्लुबुक १ थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र ४ थान, कार ५ थान, विभिन्न सरकारी कार्यालयका छापहरु ४ थान र मोबाइल २ थान बरामद भएको छ ।

            उनीहरुलाई लिखत किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

करिब २४ किलोग्राम अवैध गाँजासहित पाँच जना पक्राउ

काठमाडौं, २ पुस

            अवैध लागूऔषध गाँजा करिब २४ किलो ६ सय ३० ग्रामसहित ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १/१ जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

            ललितपुरबाट पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई करिब ११ किलो १ सय १ सय ८० ग्राम गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।

            उदयपुरबाट पक्राउ पर्नेमा बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय रबिन राई छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो ।

            म्याग्दीबाट पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका-३ मौवाफाट बस्ने ४६ वर्षीय गोपाल दर्जी छन् । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ४ सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका-३ काभ्रेबाट आइतबार बिहान पक्राउ गरेको हो ।

             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

भरूवा बन्दुक र बारूदसहित दुई जना पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍रूपन्देही, २ पुस

             तिलोत्तमा नगरपालिका-११ करैया सामुदायिक वनबाट २ नाल भरुवा बन्दुक, छर्रा र बारुद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-१० गैरीगाँउ बस्ने ४८ वर्षीय कर्ण बहादुर परियार र सोही नगरपालिका-१० चरङगे बस्ने ४२ वर्षीय दिपक परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं, २ पुस

            ईलाम, सूर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा उक्त बजारमा घडी तथा मोबाईल सेन्टर संचालन गरी बस्ने सोही नगरपालिका-८ घर भएका ४० वर्षीय थिनम तामाङ र सोही नगरपालिका-१० आले बस्ने २८ वर्षीय अभिषेक राई रहेका छन् । तामाङले राईलाई उक्त पदार्थ बेचबिखन गरिरहेको अवस्थामा प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

            कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधिन पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ २ ग्राम ४२ मिलिग्रामसहित बेदकोट नगरपालिका-१० बस्ने ३० वर्षीय धनिराम कामीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले भारतबाट आउँदै गरेको यूके ०४ एम २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍बाजुरा, २ पुस

             बडिमालिका नगरपालिका-२ खडिगाडमा २ वटा ट्याक्टर आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मार्तडीबाट गौमुल गाउँपालिकातर्फ गइरहेको सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरलाई लु.४ त ७३०५ नम्बरको ट्याक्टरले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । दुवै ट्याक्टरले सिमेन्ट सरिया बोकेको थिए ।

दुर्घटनामा मृत्यु हुनेहरूमा लु.४ त ७३०५ नम्बरको ट्याक्टर चालक बाजुरा गौमुल गाउँपालिका-६ बस्ने २६ वर्षिय हिक्मत रोकाया, सोही ट्याक्टरमा सवार बडिमालिका नगरपालिका-१ बस्ने ४५ वर्षीय चन्द्र दानी, २३ वर्षीय किट्टी रोकाया र ४१ वर्षीय देवराज जोशी रहेका छन् ।  हाल फरार सु.प.प्रदेश ०१-००२ त ४१०५ नम्बरको ट्याक्टरका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, २ पुस : छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

            बारा, महागढीमाई नगरपालिका-९ थलही पुलमा बा.८४ प ५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्चौता नगरपालिका-६ बस्ने २२ वर्षीय राम निवास यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमना उपचार भइरहेको छ ।

            झापा, मेचिनगर नगरपालिका-१० धुलाबारीस्थित सडकमा प्र.१-०१-००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बद्री बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

            काठमाडौं महानगरपालिका-१५ सानोभर्‍याङमा बागमती प्रदेश-०२-०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल वतन नखुलेका करिब ३५ वर्षिय बिकाश तामाङको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            रूपन्देही, बुटवल उपमहानगरपालिका-५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ पुरानो बसपार्कस्थित बाक्सा फ्याक्ट्रीमा काम गर्ने नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २४ वर्षीय पप्पु चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । १ जना घाइतेको उपचार भइरहेको छ । मोटरसाइकल धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौं, २ पुस

             ललितपुर, ललितपुर महानगरपालिका-३ सानेपा ओमशान्ति मार्ग बस्ने ६१ वर्षीय ठाकुर ढकालको घरबाट सुनका विभिन्न गहना र नगद ४० हजार रूपैयाँ तथा अमेरिकी डलर ७ सय समेत गरी करिब २१ लाख २ हजार ४ सय रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।

            धनुषा, जनकपुर उपमहानगरपालिका-९ प्रदेश कार्यालय अगाडि बस्ने फुलबाबु यादवको घरबाट सुनका विभिन्न गरगहना गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं, २ पुस

            दोलखा, भिमेश्वर नगरपालिका-१ देउराली मैदाने बस्ने ध्रुब प्रसाद उप्रेतीको छोरा ११ वर्षीय अबिरक उप्रेती आइतबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक २७ गते देखी हराई बेपता भएका उनको खोजी गर्ने क्रममा सोही ठाउँ शव फेला परेको हो ।

            नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-९ भुताहा बस्ने ४८ वर्षीय हुम बहादुर कार्की आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

            सर्लाही, मलंगवा नगरपालिका-८ मलंगबाबा मन्दिरदेखि नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

            इलाम, फाकफोकथुम गाउँपालिका-४ स्थित खोल्से खोल्सामा सोही गाउँपालिका-१ लुमसुमदाङ बस्ने ६१ वर्षीय सुकमान थेगीम लिम्बू आइतबार मृत अवस्थामा फेला परेका छन् । मंसिर २२ गते पाँचथरको रबी बजारबाट हराई बेपत्ता भएका उनको शव फेला परेको हो ।

            तेह्रथुम, लालीगुँरास नगरपालिका-८ सोल्मा बस्ने ६३ वर्षीय हरि बहादुर कार्की आफ्नै खेतको सुन्तलाको रुख मुनि आइतबार मृत अवस्थामा फेला परेका छन् ।

            सिन्धुली, दुधौली नगरपालिका-३ झुगाँ बस्ने ३५ वर्षीय शुशिल धामी सोही ठाउँ बस्ने उनकै काकाको छोराको घरको  दलानमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

            पाँचथर, फाल्गुनन्द गाउँपालिका-४ च्याव्लुङ बस्ने ५३ वर्षीय शेरहाङ चेम्जोङ आफ्नै खेतको पाखामा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २ पुस

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ टुटेपानी बस्ने उत्तम गुम्जाको गोठमा आइतबार साँझ आगलागी हुँदा गोठ, मैक, सालको काठ, जस्तापाता पूर्णरूपमा जलेर करिब ९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

इलाम, सूर्योदय नगरपालिका-५ बौधटोल बस्ने भिम राईको घरमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा, चैनपुर नगरपालिका-६ डाँगीगाउँस्थित ढुङगाखानीमा पार्किङ गरी राखेको प्र.३-०१-००३ क ६९७७ नम्बरको स्काइभेटरमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट स्काईभेटरको बक्केट साइडको पछाडिको इन्जिन भाग पूर्णरुपमा जलेर करिब १ करोड १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-७ गुण्डु रातोपाटी बस्ने रत्ना बस्नेतको गोठमा कुडो पकाएर छोडेको आगोबाट गएराति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

धनगढी,०३ पुष : अबैध भन्सार छलीका सामान बरामद                                                               

कैलाली:- कैलालीजिल्लाको बिभिन्न स्थानहरु,धनगढी उप-महानगरपालिका २ट्राफिकचोक र बालुवाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,३५०।–बराबरकोचिनी,प्याज,सुर्ती,प्लाष्टिक,चकलेट,बिडी लगायतका सामानहरु,भजनी न.पा.३ कांडा र ढुसीबाट अन्दाजी मूल्य रु.४३,८२०।–बराबरको चिनी,स्वीट सुपारी लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु.६९,१७०।– बराबरको सामानहरु सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सवारी दुर्घटनामा मानिसको मृत्यु  

कैलाली:-जिल्ला कैलाली,कैलारीगा.पा.७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमाबा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिन गई सोमबार साँझतिर दुर्घटना हुँदा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल चालक ऐ.५ बस्ने बर्ष २८ कोशिशिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएकाउनको सेती प्रादेशीक अस्पताल धनगढीमाउपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका से ५ प ४७७४ नम्बरको मोटरसाईकल चालक भजनीन.पा.५ बस्ने बर्ष २६ को बिर बहादुर चौधरी र सोही मोटरसाईकलमा सवार ऐ.बस्ने बर्ष २८ को राजेश डगौराकोनिसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको छ । दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, ३ पुस

            जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । एनसिबि कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

            लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा  जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बसको टायर फुस्किएर लाग्दा पैदलयात्रीको मृत्यु

मोरङ, ३ पुस

            गुडिरहेको बसको टायर फुस्किएर चोट लाग्दा कानेपोखरी गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको छ ।

            सोही गाउँपालिका-७ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा गम्भीर घाइते भएका उनको बिराट नर्सिंङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

            बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं, ३ पुस

            काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित टहरामा डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका-६ घर भएका ३७ वर्षीय दिपक बिक आफ्नै डेरा कोठामा  मंगलबार मृत अवस्थमा फेला परेका छन् ।

            चितवन, कालिका नगरपालिका-४ सुनौलो टोल बस्ने ६० वर्षीय गिर बहादुर क्षेत्री सोही ठाउँस्थित पदमपुर सामुदायिक वनमा मंगलबार मृत फेला परेका छ्न । सोमबार दिउँसो घाँस काट्न वनमा गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

ललितपुर, गोदावरी नगरपालिका-५ लेले पहाडीस्थित देउपुजी सामुदायिक वनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी  

सुर्खेत, ३ पुस

            भेरीगंगा नगरपालिका-४ हर्य बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको छ ।

आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुन: जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको बताइएको   छ ।

            प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

निर्माण सामग्रीमा आगलागी हुँदा ५५ लाखको क्षति

ललितपुर, ३ पुस

            ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित निर्माणका सामान राखेको छाप्रोमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।           

            प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार