प्रहरी समाचार बुलेटिन

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

काठमाडौं, ४ पुस : महिलालाई दुर्व्यवहार गरी फरार रहेका प्रतिवादी पक्राउ

            महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका-७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

            म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा बाँकेबाट पक्राउ गरेको हो ।

            उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।  

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, ४ पुस 

कैलाली, भजनी नगरपालिका-३ ठेकी पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ७५ मिलिग्रामसहित सोही नगरपालिका-१ गोदाम टोल बस्ने २९ वर्षीय लोक बहादुर कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प २७२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमाललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-९ बरगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन पौदारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-९ खरङगाबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय सोम बहादुर घलान र रौतहट चन्द्रपुर नगरपालिका-१ बस्ने  ४१ वर्षीय आसिष पाख्रिन रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने २१ वर्षीय सुवास मोक्तान र कैलाश गाउँपालिका-२१ बस्ने ३० वर्षीय देवराज स्याङताङ रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०२-०२९प १६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ बर्सेउलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-९ बुद्धचोक बस्ने २५ वर्षीय युवराज थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.२५ प २७०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ४ पुस 

            भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालका-२ दुवाकोट स्थित इँटाभट्टामा काम गर्ने सोही भट्टाको झ्याउलीमा बस्ने ४९ वर्षीया सोम बहादुर स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको   छ । स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-५ पिखेलबाट पक्राउ गरेको हो ।

 झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-६ बस्ने २३ वर्षीय दीपक बराइलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका-२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मंसिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ

दाङ, ४ पुस 

             तुलसीपुर उपमहानगरपालिका-५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

                पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ डाडाकुटी बस्ने २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र १९ वर्षीय रुप लाल बिश्वकर्मा रहेका छन्  । उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरु नभएका अवैध सुनका गरगहनाहरु बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४  थान गरी जम्मा उक्त तौलको धातु फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, ४ पुस

            बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलमा काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३-००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक तनहुँ पिपरटार बस्ने २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय हरि शम्शेर सुयाल थापा र बसमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको हेटौंडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २० जनाको कार्की मेडिकल अमलेखगञ्जमा र ७ जनाको हेटौंडा सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

            दाङ, घोराही उपमहानगरपालिका-१८ रानिजरुवामा घोराहीबाट रानीजरुवातर्फ जाँदै गरेको रा.१ त १६५५ नम्बरको ट्याक्टरबाट लडेर सोही उपमहानगरपालिका-१८ प्रगती टोल बस्ने १७ वर्षीया माया घर्ती मगरको मंगलबार दिउँसो मृत्यु भएको  छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

            प्युठान, प्युठान नगरपालिका-३ सारिवाङमा आरनेटाबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ च २१८८ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाल्पा रम्भा गाउँपालिका-४ धाम बस्ने डम्मर बहादुर सुनारी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका चालकलाई थप उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।

            सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित सडकमा प्र.२-०४-००१ क ००१४ नम्बरको मिनिट्रकको ठक्करबाट साइकलयात्री हरिपुर नगरपालिका-७ चिताइन बस्ने ५० वर्षीय रुदल कुँवरको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं, ४ पुस 

सप्तरी, रुपनी गाउँपालिका-४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित आफ्नै माइती घर बस्ने ३६ वर्षीया पवित्रा तामाङ सोही ठाउँस्थित आफ्नै बर्खे गोठभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंसिर २० गते घरबाट हिँडी बेपत्ता भएकी उनको पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो ।

कैलाली, घोडाघोडी नगरपालिका-१ लोरपुरस्थित शिव शक्ति सामुदायिक वनमा सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, गोरखा नगरपालिका-३ रोजिटार बस्ने ५७ वर्षीया तिल कुमारी ईस्माली मगर आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

उदयपुर, कटारी नगरपालिका-१० बरडाँडा बस्ने ४१ वर्षीय कमल कार्की सोही ठाउँस्थित छिमेकीको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका-९ बाँके गाउँ घर भएका ५१ वर्षीय अशोक कुमार कुहार सोही उपमहानगरपालिका-१३ स्थित साथीको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छ्न् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ४ पुस 

तनहुँ, भानु नगरपालिका-३ तिनकुने बस्ने ४३ वर्षीया शारदा ढकाल न्यौपानेको कुखुराको फर्ममा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सोलुखुम्बु, माप्यदुधकोशी गाउँपालिका-२ ठुलो ढुङ्गा बस्ने गणेश बहादुर राईको घरमा चुल्होबाट मंगलबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काभ्रे, रोशी गाउँपालिका-१२ शिखरपुरस्थित हर्क बहादुर विकको घैयाबारी कृषि बङ्गुर तथा पशुपंक्षी फर्ममा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा ८ सय वटा कुखुराको चल्ला, भुसा, दाना समेत गरी करिब ७ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बारा, सिमरा उपमानगरपालिका-९ छातापिपरास्थित नारायणी स्पात नामको रड बनाउने कम्पनीमा गएराति आगलागी हुँदा कम्पनीमा रहेका विभिन्न सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी पश्चिम, सुनवल नगरपिका-३ आसामबासी बस्ने ५५ वर्षीय घनश्याम गिरीको गोठ र भान्छामा गएराति आगलागी हुँदा भान्छा र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौं, ४ पुस 

 चन्द्रागिरी नगरपालिका-५ बाणस्थली बस्ने अमृत कुमार खरेलको घरबाट नगद १ लाख ३० हजार रूपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब ९ लाख २७ हजार ७ सय रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार