सुदूरपश्चिम प्रदेश प्रहरी समाचार बुलेटिन

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु

धनगढी,०६ पुष :

अबैध भन्सार छलीका सामान बरामद                                                               

कैलाली:-जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ३ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य रु.२७,०६०।– बराबरको चिनी,प्याज,सोडा,प्लाष्टिक झिल्ली लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित मानिस पक्राउ                                                                  

कैलाली:- जिल्ला कैलाली, गोदावरी न.पा.१ अत्तरियाबाट ५७० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष ३१ को सुरेश बुढामतवालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा वालिकाको मृत्यु                                                                 

कैलाली:- जिल्ला कैलाली,धनगढी उ.म.न.पा. ५ स्थित भगवती चोकमासे१त ६२०४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने दिवाकर भट्टको छोरी बर्ष ५ की सानबी भट्टको बिहीबार साँझतिर मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्याक्टर र ट्याक्टर चालक भजनी न.पा.६ बस्ने बर्ष ३५ को रामजनम चौधरीलाईप्रहरीले नियन्त्रणमालिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

 कस्तुरीको बिना सहित मानिस पक्राउ                                                               

कैलाली:- जिल्ला कैलाली, चुरे गा.पा. ३ सहजपुर बजारबाट कस्तुरीको बिना जस्तो देखिने थान-२ सहित ऐ.१ बस्ने बर्ष ४५ को दान बहादुर कामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त कस्तुरीको बिना फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार