हर्ट अट्याकलाई निम्ता दिने उच्च कोलेस्ट्रोल नियन्त्रण गर्ने खानेकुरा बारे थाहा पाई राख्नुस् ?

हर्ट अट्याक

काठमाडौँ : कोलेस्ट्रोल वृद्धि अहिलेको समयमा अधिकांशको समस्या हो । निकै कम उमेरका मानिसहरूमा समेत यो समस्या देखिन थालेको छ । कोलेस्ट्रोल भनेको मैन अनि बोसो जस्तो पदार्थ हो, जुन तपाईँको शरीरको सबै कोशिकामा पाइन्छ ।

कलेजोले कोलेस्ट्रोल बनाउँछ । मासु र दूधजन्य सामाग्रीलगायत केही खाद्य पदार्थमा पनि यो पाइन्छ । शरीरलाई ठिकसँग काम गर्न कोलेस्ट्रोल चाहिन्छ । तर तपाईँको रगतमा उच्च मात्रामा कोलेस्ट्रोल जम्मा भयो भने चाहिँ रक्त धमनी, मुटुको रोग र हृदयाघात निम्तिन सक्छ । यसबाट बच्न आफ्नो लाइफस्टाइलमा स्वस्थ खानपान समावेश गराउनु पर्छ ।

  • गुड अनि ब्याड कोलेस्ट्रोल 

लिपोप्रोटिन दुई प्रकारको हुन्छः लो डेन्सिटी लिपोप्रोटिन (एलडीपी) र हाई डेन्सिटी लिपोप्रोटिन (एचडीएल) । यो बोसो (लिपिड) र प्रोटिनको संयोजन हो । एलडीएलको अर्थ कम घनत्व भएको लिपोप्रोटिन हो । यसलाई ब्याड कोलेस्ट्रोल भनिन्छ । एचडीएलको मतलब चाहिँ उच्च घनत्व भएको लिपोप्रोटिन हो । यसले तपाईँको शरीरको अन्य भागमा रहेको कोलेस्ट्रोललाई फेरि कलेजोमै ल्याउने भएकोले यसलाई गुड कोलेस्ट्रोल भनिन्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्ने खानेकुरा

  • चिया सिडः

चिया सिडमा ओमेगा–थ्री फ्याटी एसिड, फाइबर र एन्टीअक्सिडेन्ट्स भरपुर पाइन्छ । यो खासगरी तौल घटाउनेहरूमाझ बढी पपुलर छ । तर यसको फाइदा यतिमै मात्र सीमित छैन । यसले मधुमेह, कोलेस्ट्रोल, मुटुसम्बन्धी रोग, इम्युनिटी बूष्टर र छालालाई स्वस्थ राख्न सघाउँछ । घुलनशील फाइबरले भरपुर यो दानाले शरीरबाट ब्याड कोलेस्ट्रोल घटाउँछ । अनि ओमेगा–थ्री फ्याटी एसिडले मुटुको स्वास्थ्यलाई ठिक ठाउँमा राख्छ । यसबाहेक चिया सिडमा सुन्निएको रोक्ने गुण पनि पाइन्छ । जसले समग्र स्वास्थ्यलाई राम्रो बनाउँछ ।

  • ओट्सः

ओट्समा घुलनशील फाइबर हुन्छ । यसले एलडीएल अर्थात् ब्याड कोलेस्ट्रोल कम गर्छ । घुलनशील फाइबरले रक्त प्रवाहबाट कोलेस्ट्रोल अवशोषण पनि कम गर्छ । त्यसैले हरेक दिन पाँचदेखि १० ग्राम वा त्यो भन्दा धेरै घुलनशील फाइबर सेवन गर्नु पर्छ । घुलनशील फाइबर राजमा, दाल, उमारिएको गेडागुडी, स्याउ र नास्पाती जस्ता खाद्य पदार्थमा पाइन्छ ।

  • ड्राइ फ्रुट्सः

बदाम र अन्य ड्राई फ्रुट्सले पनि कोलेस्ट्रोल सुधार्न सक्छ । ओखरले मुटुको रक्षामा मद्दत गर्ने अनि पहिला देखि नै मुटुसम्बन्धी रोग भएका मान्छेलाई हृदयाघात हुने खतरा पनि कम हुने अध्ययनले देखाएका छन् । ओखरमा ओमेगा–थ्री हुन्छ । बदाम, काजु, ओखर र मखना समेत सबै ड्राई फ्रुट्समा पनि हेल्दी फ्याट र धेरै मात्रामा फाइबर पाइन्छ । त्यसैले स्वस्थ जीवन जिउन ड्राई फ्रुट्स नियमित रूपमा ड्राई फ्रुट्स खानु पर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार