एकान्त …

एकान्त …

एकान्त …..
एउटा यस्तो एकान्त
जहाँ आज सम्म यो हावा नबहेको होस
सुर्य का किरण ले नदेखेको होस
ओैँसि को अँध्यारो रात ले समेत नचिने को
निर्जीवहरु भन्दा पनि शान्त अनि चुपचाप

                 कसैले कल्पना नै नगरेको
                 अद्भुत पर प्रकाश बर्ष ले पनि नाप्न नसकिने
                 न आगो ले जलाउन सकोस 
                  न चिसो ले कठ्याङ्ग्राउन सकोस...

        एउटा यस्तो एकान्त .........

जहाँ बेदना अनि पीडा हरु बाच्नै नसकुन कसैका याद हरु आउनै नसकुन
न बिगत को पश्चताप होस न भबिश्यको चिन्ता
स्वतन्त्र……….
यति स्वतन्त्र कि बाध्यता, आवश्यकता
र रहर हरुको समेत अस्तित्व नै नरहने
एकान्त मा केही बेर यो जीवन बाच्नँ मन छ.
र यो जीन्दगीको यथार्थ परिभाषा खोज्न मन छ
अनि संसार लाई नै आफ्नो दास बनाउने
यो पैँसा र प्रबिधिको अस्तित्व र आयु जान्न मन छ………

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार