यसपालिको पुस १५ हुने छ खास आउनुस् फिस रिसोर्ट धनगढीमा मनाउ चाड

यसपालिको पुस १५ हुने छ खास आउनुस् फिस रिसोर्ट धनगढीमा मनाउ चाड

धनगढी : धनगढी रिङ रोडमा अवस्थित फिस रिसोर्टमा पुस १५ विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।   विगत लामो समय देखी धनगढीमा विभिन्न सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको रकस्टार मिडिया र फिस रिसोर्टको आयोजनामा यही पुस १५ गते डिसेम्बर ३१ काे साँझ ५ बजे देखी कार्यक्रम हुने भएको हो । 

रकस्टार मिडियाका प्रबन्ध निर्देशक जितेन्द्र रावलका अनुसार जसरी सुदूरपश्चिममा  ‘ठुली रात’ तथा ‘पुसे १५’ महत्वका साथ मनाउँदै आइएको छ हो त्यसै कुरालाई अहिले अङ्ग्रेजी नयाँ वर्षले ओझेलमा पारी रहँदा पुसे पन्ध्रको जगेर्ना र यसको महत्त्व वृद्ध पाका उमेर समूहबाट युवा युवतीहरूमाझ पुस्तान्तरण गर्ने प्रयास स्वरूप यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने भएकाले उक्त रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहनुका साथै रातभरि दन्त्यकथा, कहानी (स्थानीय भाषामा आइना, बातै) सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने तथा थप आधुनिक परिकार, पेय पदार्थहरूको समेत व्यवस्था गरिएको र कार्यक्रममा सहभागी हुनका लागी रु ५०० देखी १५०० सम्म टिकेटको व्यवस्था गरीको रावलले जानकारी दिए । 

यस्तै, उक्त पुस १५ कार्यक्रम मनाइने अर्थात् आयोजना हुने स्थल सम्म पुग्न असहज अथवा पहिलो चोटि आउने व्यक्तिहरूलाई चौराहा र सहिद गेटबाट लिन र पुगाउनका लागी सस्तो र सुपथ मूल्यमा ई(रिक्साको समेत व्यवस्था गरिएको कार्यक्रममा लाइभ म्युजिक, फ्री कम्प्लीमेन्ट्री ड्रिङस, डिजे सेसन, फायर क्याम्प सहितको वातावरणमा कविता वाचनको निम्ति राज सागर र प्रत्यक्ष वाद्यवादन सहित उनको टिम, गायक तथा सङ्गीतकार धीर विक्रम सिंह, भिजे डान्स स्टुडियोको टिमको नृत्य प्रस्तुति, डिजे रकीटको विशेष प्रस्तुति रहने कार्यक्रममा तारा रोस्याराले विभिन्न कथा, चुट्किला सँगै कार्यक्रमको सञ्चालकको भूमिका निर्वाह गर्ने छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार