पुस २१ गते धनगढीको उर्मामा क्यान्सर परीक्षण शिविर लाग्ने

पुस २१ गते धनगढीको उर्मामा क्यान्सर परीक्षण शिविर लाग्ने

धनगढीः  धनगढी उप-महानगरपालिका वडा नम्बर १६ मा क्यान्सर परीक्षण स्वास्थ्य शिविर लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको समन्वयमा पुस २१ गते शनिवारका दिन बिहान १० बजेदेखी ४ बजेसम्म क्यान्सर स्वास्थ्य शिविर लाग्ने भएको हो।

धनगढी उपमहानरपालिका वडा नम्बर १६ स्थित  उर्मा स्वास्थ्य चौकीमा क्यान्सर हेल्थ क्याम्प सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

क्यान्सर रोग लागेका वा क्यान्सर रोगको शंका लागेका व्यक्तिलाई शिविरमा चेकजाँच गराउन आग्रह गरिएको छ। स्तन वा शरीरको अन्य ठाउँमा नदुख्ने गिर्खा भएको, कोठीको आकार बढेर ठुलो हुँदै जाने, घाउ निको नहुने, खाना अपच वा निल्न गाह्रो हुने, खोकी निको नहुने या स्वर धोक्रो हुने, पाउबाट अत्याधिक रक्तस्राव वा पिप आउने, दिसा वा पिसावको तालिका फेरिने जस्ता लक्षण देखिएका व्यक्तिहरुलाइ उक्त शिबिरमा गई सेवा लिन नगरप्रमुख गोपाल हमालले अनुरोध गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार