सुदूरपश्चिममा ५ महिनामा ६ सय बढी मानिस हराए

सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभाका सदस्य (सांसद)हरुले प्रयोग गर्ने लोगो परिमार्जन हुने भएको छ।

धनगढी : सुदूरपश्चिममा पाँच महिनाकै अवधिमा ६ सय बढी मानिस हराएका छन्। प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को मंसिर महिनासम्ममा ६ सय ७६ जना हराएका जनाइएको छ।

कैलाली जिल्लाबाट मात्रै २ सय ६९ जना हराएकोमा बढी संख्या महिलाहरुको रहेको पाइएको छ। जसमा १ सय ५१ जना महिला हराएका छन्। त्यसपछि हराउनेमा बालिकाको संख्या ६८ जना बालिका रहेका छन्। यस्तै ३९ बालक तथा ११ जना ज्येष्ठ नागरिक हराएको तथ्याङ्क प्रहरी सँग छ। कञ्चनपुर जिल्लाबाट १४५ जना हराएका छन्। कञ्चनपुरबाट हराउने संख्या महिलाकै बढी रहेको छ।

कञ्चनपुरबाट ८७ जना महिला, ३१ बालिका, २३ बालक र ४ जना ज्येष्ठ नागरिक हराएका छन् । डडेल्धुराबाट पाँच महिनाकै अवधिमा ४८ जना हराएका छन्। महिला २५, बालिका १३ र बालक १० जना हराएका छन् । दार्चुलाबाट २५ महिला, ९ बालक, ९ पुरुष र ५ बालिका गरी ४८ जना हराएका छन्। बझाङबाट १६ महिला, १२ बालक र १० बालिका गरी ३८ जना हराएका छन्। बैतडीबाट २२ महिला, ११ बालिका, ३ बालक र एक जना ज्येष्ठ नागरिक गरी ३७ जना हराएका छन्।

डोटीबाट १२ महिला, बालिका र बालक ६/६ जना र ४ पुरुष गरी २८ जना हराएका छन् । अछाम र बाजुरामा भने हराउने बालिकाको संख्या धेरै छ । अछाममा १७ बालिका हराएका छन् भने बाजुरामा ९ बालिका हराएका छन्। अछाममा १७ बालिकासहित १३ महिला, ५ बालक र १ जना ज्येष्ठ नागरिक गरी ३६ जना र बाजुरामा ९ बालिकासहित महिला, बालक र पुरुष ६/६ जना गरी २७ जना हराएका छन् ।

सुदुरपश्चिम प्रदेशभरबाट हराउनेहरुमा महिला र बालबालिकाको संख्या उच्च रहेको छ। तथ्याङ्कअनुसार महिलाको संख्या ३ सय ५७ जना छ। हराउने बालिकाको संख्या १ सय ७० छ भने बालकको संख्या १सय १३ जना पुगेका छन्।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले धेरैजसो कामको सिलसिलामा भारत वा अन्यत्र जाँदा हराउने तथा सम्पर्कविहीन हुने गरेको बताए। भने अधिकांशजसो घरमा कुरा नमिल्दा कामका लागि बाहिर गएका पाइने गरेको उनको भनाई छ।

कतीपय भारतसँग सीमा जोडिएको नाकाबाट भारत जाने नागरिक समेत हराउने गरेका छन्। हराएका आफन्त फेला परिसकेपछि जानकारी नआउने हुँदा हराएकाहरु फेला परेको तथ्यांक एकीन गर्न गाह्रो हुने गरेको प्रहरीको भनाई छ। प्रदेशका नौ जिल्लामध्ये कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ, बैतडी र अछामबाट एक जना पनि पुरुष बेपत्ता भएका छैनन्। यी ६ जिल्लामा बेपत्ता पुरुषको संख्या शून्य छ। यस्तै दार्चुलामा भने सबैभन्दा बढी पुरुष बेपत्ता भएका तथ्याङ्कमा उल्लेख रहेको छ । प्रदेशका नौ जिल्लाबाट हराएकाहरुमध्ये ५ सय २२ जना फेला परेका छन् ।

कैलालीका २३८, कञ्चनपुरका ९३, डडेल्धुराका ३८, दार्चुलाका ३०, बझाङका ३४, बैतडीका २३, डोटीका १८, अछाम र बाजुराका २४/२४ जना फेला परेका हुन् । जसमा २६२ जना महिला, बालिका १३९, बालक ९९, पुरुष ७ र ज्येष्ठ नागरिक १५ जना फेला परेका छन् ।कतिपय महिला तथा बालिकाहरु भागेर बिहे गर्ने र कतिपय भेटिएपछि बिहे गरी वा गर्नका लागि भागेको पाइने गरेका प्रहरीको भनाई छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार