नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त

नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त
डा विश्व दवाडी

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त भएका छन्। अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयले उनलाई उक्त जिम्मेवारी दिएको हो। 

आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ। मन्त्री परिषदबाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा दवाडीलाई निमित्त दिइएको हो।

उक्त पदबाट केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए। रजिस्ट्रार डा अधिकारीलगायत काउन्सिल सदस्यहरुको कार्याकाल गत पुस ७ गते नै समाप्त भएको थियो। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार