कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गरिरहेका एक जना पक्राउ

सञ्चालक पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गरिरहेका एक जना पक्राउ परेका छन्। शुक्लाफाटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, वंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृतरुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आएका थिए।

शुक्रवार इलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रमा रहेका नौ वटा मेडिकलहरु चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेको कृष्णपुर  नगरपालिका–२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक सोहि पालिकाको–१ नम्बरका देवसिंह धामी पक्राउ परेका हुन्।

जोखिमयुक्त औषधीहरू ६ थान बोरासहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। धामी भीमदत्त नगरपालिका–१२ पक्कीपुल बाट पक्राउ परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार