खगेन्द्र र वर्षाले पहिलो पटक पर्दा शेयर गर्ने, मेयर चलचित्रमा वर्षा फाइनल

खगेन्द्र र वर्षाले पहिलो पटक पर्दा शेयर गर्ने, मेयर चलचित्रमा वर्षा फाइनल

नायिका वर्षा रावतले नयाँ चलचित्र ‘मेयर’मा काम गर्ने पक्का भएको छ । रावतले फागुनको दोस्रो साताबाट छायांकनमा जान लागेको चलचित्रका निर्देशक दीपेन्द्र के खनाल र नायिका वर्षा राउतले चलचित्रका लागि आज संझौता गरेका हुन् ।

चलचित्रमा वर्षाको भूमिका के हुने भन्ने खुलेको छैन । तर, वुझिएअनुसार वर्षाले चलचित्रमा दुई कालखण्डको भूमिका निर्वाहा गर्नेछिन् । चलचित्रमा उनी ‘मेयर’की प्रेमिका र पत्नीको भूमिकामा देखिन लागेको वुझिएको छ ।

यो चलचित्रको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछाने फाइनल भइसकेका छन् । यसको निर्माणपक्षले सर्लाहीमा पुगेर लोकेशन समेत हेरिसकेको छ ।

चलचित्र ‘मेयर’ले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको कथा भन्नेछ । खगेन्द्र र वर्षाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

यस सँगै वर्षाले चलचित्र ‘तेल, भिसा र अवतार’ पनि साइन गरिसकेकी छिन् । भने वर्षा अभिनित चलचित्र ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिज हुँदैछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार