चलचित्र ‘सतीदेवी’ लाई सर्वोत्कृष्ट फिल्म अवार्ड, कसले पाए ? ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’ अवार्ड

चलचित्र ‘सतीदेवी’ लाई सर्वोत्कृष्ट फिल्म अवार्ड, कसले पाए ? ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’ अवार्ड

काठमाडौं : चलचित्र ‘सतीदेवी’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड हात पारेको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ले सोमबार चितवनको सौराहामा सम्पन्न ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा सर्वोत्कृष्ट फिल्मको पुरस्कारसहित ५० हजार नगद रुपैयाँ प्राप्त गरेको हो ।

महोत्सवमा यसै चलचित्रबाट निर्देशक सुवेदीले ‘शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक’ अवार्डसमेत प्राप्त गर्नुभयो । समारोहमा निर्देशक सुवेदीलाई स्व.निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा.अभिषेक रेग्मीले सो अवार्ड प्रदान गर्नुभएको थियो । महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्र अवार्ड डा.सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । वृत्तचित्रले उपाधिसँगै नगद २५ हजार पुरस्कारसमेत प्राप्त गरेको छ ।

त्यस्तै सर्वोत्कृष्ट लघु चलचिको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा शाहले जित्नुभयो ।

सर्वोत्कृष्ट सिनेमाटोग्राफरको उपाधि ‘बिच्छेद’बाट संकल भुजेलले प्राप्त गर्नुभएको छ भने यसै चलचित्रबाट सर्वोत्कृष्ट चलचित्र लेखनको उपाधि सत्यराज चौलागाईं र मुकुन भुसालले प्राप्त गर्नुभएको छ । यस्तै जुरी इन्करेजमेन्ट अवार्ड रोशनकुमार श्रेष्ठद्वारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गर्‍यो ।

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरुङले सम्मान र नागद पुरस्कार हस्तन्तरण गर्नुभएको थियो । महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ वृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहनुभएको थियो ।

सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षासिंह राणा रहनुभएको थियो ।

महोत्सवमा ‘प्रकाश, सतिदेवी, बिच्छेद, महानगर, वेलकम टु हेमजाकोट, भाग्य, चारदाम, लिलामे माइला, म अलप हुन चाहन्छु, वाइल्ड फायर, भुसको लोग्ने, खाग, गाली मन्त्र, आइ लभयू मम, हमर पहिचान, ग्रेट फादर, किरयापुत्री, वनकरिया’ र हिन्दी भाषाको चलचित्र ‘घटना’लगायत प्रदर्शन गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार