६ बुँदे सहमति पछि काममा फर्किए वीपीका चिकित्सक र कर्मचारी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कल्याण समाज तथा कर्मचारी कल्याण समाज संयुक्त संघर्ष समितिबीच शनिबार ६ बुदे सहमति भएको छ । भद्र अवज्ञा आन्दोलन गरेको २७ औं दिनमा भएको सहमतीसँगै शिक्षक चिकित्सक र कर्मचारीको संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्दै काममा फर्किएका छन् ।

वार्तामा २०७९ पुस २० गते र माघ २५ गते प्रकाशित विज्ञापनअनुसार सुरु भएको बढुवाको प्रक्रिया रोकिएकोमा फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र सो को नतिजा आन्तर्वार्ता समाप्त भएको मितिले एक साता भित्र प्रकाशित गर्ने सहमति भएको छ ।

यसअघि  भद्र अवज्ञा चलिरहेको बेला उच्च अदालतको आदेश पछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेर फागुन ६ गतेदेखि बढुवाको प्रकृया सुरु गर्ने निर्णय गरेको थियो । तर आन्दोलनरत पक्षसँग कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीले निर्णायक वार्ता नगरेपछि शिक्षक चिकित्सक र कर्मचारीहरु पूर्ण विश्वस्त हुन सकेका थिएनन् ।

कासका अन्य सदस्यहरुको पहलमा आन्दोलनर पक्ष र वीपी प्रतिष्ठानको व्यवस्थापन पक्षवीच शनिबार फेरि वार्ता भएपछि ६ बुँदे सहमति भएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार