शल्यचिकित्सक डा रामेश कोइरालाले फिर्ता लिए शल्यक्रिया नगर्ने घोषणा

गंगालाल अस्पतालका शल्यचिकित्सक डा रामेश कोइराला

काठमाडौं : गंगालाल अस्पतालका शल्यचिकित्सक डा रामेश कोइरालाले शल्यक्रिया नगर्ने घोषणा फिर्ता लिएका छन्। आफूले अहं र कर्तव्यमा दोस्रो रोजेको बताउँदै उनले नियमित सर्जरीमा फर्किने घोषणा गरेका हुन्।

अस्पतालको स्थापनाकालदेखिकै चिकित्सक मध्य एक डा रामेशले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलसँग सोधेको प्रश्नको निर्क्यौल नहुन्जेल आफू अपरशेनबाट अलग भएको बताएका थिए।

‘मेरा बारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टिकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिकरूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेसन गर्दिनँ। अरूसँगै गराउनु ल! सरी!’

उनको घोषणा थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार