लगातार गुलियो पेय पदार्थको सेवनले निम्त्याउँछ मुटु रोग ?

लगातार गुलियो पेय पदार्थको सेवनले निम्त्याउँछ मुटु रोग ?

यदि तपाइ बारम्बार चिनी युक्त गुलियो पेय पदार्थ सेवन गर्नुहुन्छ भने, तपाइ शारीरिक रूपमा सक्रिय भए पनि मुटु रोगको जोखिम मा रहनु हुन्छ । यो अनुसन्धान अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित छ ।

अनुसन्धान कर्ता को उद्देश्य मार्केटिङ रणनीतिको पछाडि परिकल्पना को परीक्षण गर्नु थियो । जसले प्रायः शारीरिक रूपमा सक्रिय व्यक्तिहरूलाई यी पेय पदार्थहरू पिउने गरेको देखाइने गरिन्छ । सम्भवतः यसले सुझाव दिन्छ की मानिस सक्रिय रहने अवस्थामा चिनी युक्त पेय पदार्थको सेवन हानिकारक हुदैन ।

अमेरिकाको हार्वड स्कूल अफ पब्लिक हेल्थको नेतृत्वमा अनुसन्धान कर्ताहरूले ३० वर्षको अवधिमा करिब एक लाख वयस्कलाई यस विषयमा पछ्याए । अनुसन्धान कर्ताहरूले के पाए भने विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) द्वारा सिफारिस गरिएको १५० मिनेटको साप्ताहिक व्यायाम, जसको उद्देश्य मुटु रोग वाट जोगाउनु हो , गुलियो पेय पदार्थ को प्रतिकूल प्रभावको दाँजो मा पर्याप्त छैन ।

अध्ययनका अनुसार शारीरिक क्रियाकलापको स्तरलाई ध्यान नदिई हप्तामा दुई पटक भन्दा बढी पेय पदार्थ पिउने सहभागीहरूमा हृदय रोगको जोखिम बढेको थियो । क्यानडाको युनिभर्सिटी लावलमा फार्मेसी संकायका प्राध्यापक जीन–फिलिप ड्रोइन चार्टियरको अनुसार शारीरिक गतिविधिले चिनी युक्त पेय पदार्थ सँग सम्बन्धित हृदय रोगको जोखिमलाई आधा गर्छ, तर यसले यसलाई पूर्ण रूपमा समाप्त गर्दैन ।

उनले भने कि हाम्रो खोजको निष्कर्ष अनुसार मानिसहरूलाई चिनी युक्त गुलियो पेय पदार्थको सेवन सीमित गर्नु को साथ साथै पर्याप्त शारीरिक गतिविधिको स्तरलाई कायम राख्न प्रोत्साहित गर्न हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार