फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाली पैसा लुट्ने कुकर्मी सिभिल इन्जिनियर पक्राउ

फर्जी प्रमाणपत्र पेस गरेर सिम निकाली पैसा लुट्ने कुकर्मी सिभिल इन्जिनियर पक्राउ

डडेल्धुराः फर्जी प्रमाणपत्र पेस गरेर नेपाल टेलिकम डडेल्धुराबाट सिम निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सो घट्नामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले सार्वजनिक गरेको छ।

बझाङको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो। उनी बित्थडचिर गाउँपालिका सिभिल इन्जिनियर समेत हुन।

उनले माघ २३ गते बित्थडचिरकै मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर अवैध रूपमा सिम निकालेका थिए।

उक्त सिमबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एकसय ट्रान्सफर गरि ३५ हजारको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड लिएका थिए। बागबजारको मित्र मोबाइलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको डीएसपीले दिपककुमार कार्कीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार