आजदेखि धनगढी र काठमाडौंमा पेट्रोलियम पदार्थमा प्रतिलिटर कति रुपैयाँको फरक ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । 

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । 

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१, १७२ तथा डिजेल÷मट्टितेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् भने दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग रहेका छन् । त्यस्तै, काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएको छ । 

इण्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार