सयौँको सङ्ख्यामा गाई-गोरु मृत भेटिएको घटनाको छानबिनका लागी पहल चाल्न आह्वान

सयौँको सङ्ख्यामा गाई-गोरु मरेको भेटिएको घटनाको छानबिन गर्न पशु कल्याण धनगढीको माग 

धनगढी : पशु कल्याण धनगढीले कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ भल्कामा गौ–संरक्षणका लागि निर्माण गरिएको  ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेको घटनाको सत्य तथ्य छानबिन गर्न  सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पशु कल्याण धनगढीले सम्बन्धित सबै सङ्घ संस्थाहरूको ध्यानाकर्षण गराएको हो । 

संस्थाले विज्ञप्ति मार्फत बाँकी जीवित पशु चौपायाहरूको लागी पनि वासस्थान, औषधी उपचार लगायतका विषयहरू को व्यवस्थापनका लागि समेत पहल गर्न माग गरेको छ ।

यस अघि पशु कल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थि (यस्पाल)ले उक्त स्थानमा गई भिडियो सार्वजनिक गरेपछि यो घटना विभिन्न सञ्चार माध्यमहरू मा प्रकाशन भएको थियो । 

पशु कल्याण धनगढीद्वारा जारी प्रेस विज्ञप्ति:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार