पशु चौपायालाई साहारा र आहारा

पशु कल्याण धनगढीले खुल्ला आकाशमुनि बस्न बाध्य पशु चौपायालाई दियो साहारा र आहारा

धनगढी : पशु कल्याण धनगढीले खुल्ला आसकमुनि बस्न बाध्य पशु चौपायालाई साहारा र आहारा दिएको छ । विगत केही समय यता खेती बारी नष्ट गर्न थालेपछि गेटा मेडिकल कलेज नजिकै स्थानीयहरूले तार बारले घेरेर खुल्ला आकाश मुनि गाइहरूलाई थुनेर राखेको दुःखद अवस्था थियो ।

कयौँ पटक गाईहरू भोक भोकै मरेको अवस्था पनि थियो । उक्त दुःखद अवस्था देखेर पशु कल्याण धनगढीले गाई गोरुहरू लाई आहारा र उपचार गर्दै आएको पशु कल्याण धनगढीका अध्यक्ष यसपाल अवस्थिले बताए ।

जस अन्तरगत लम्पी स्किन भ्याक्सिन खोप लगाएको, माघी १ गते सबै सहयोग र दान कर्ताहरूको सहयोगमा ४० किलो गुड, ४० दर्जन केरा, १ ट्रली पराल गाई गोरुहरूलाई खुवाएको र लगत्तै ४ दिन पछि पुनः सहयोग कर्ता कै पहलमा थप १ ट्रली पराल उपलब्ध गराइएको अवस्थिको भनाई छ ।

यस्तै, अत्यधिक चिसो अवस्थालाई मध्यनजर गर्दै गेटा वडा कार्यालयको सहयोगमा रातको समयमा चिसो शितलहर बाट पशु चौपायाहरू लाई जोगाउन बास र खम्बा हालेर त्रिपालको छानो बनाइएको जानकारी दिँदै उक्त कार्यहरू मा सहयोग गर्ने सबै आदरणीय सहयोग कर्ता र दान कर्ता हरू प्रति पशु कल्याण धनगढीले धन्यवाद ज्ञापन गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार