पुर्चौडिको सुरजाङलमा रहेकाे शुभदेव महादेव मन्दिरको निर्माण कार्य सम्पन्न 

पुर्चौडिको सुरजाङलमा रहेकाे शुभदेव महादेव मन्दिरको निर्माण कार्य सम्पन्न 

बैतडी : बैतडीको पुर्चौडिमा रहेको न्यायका देवता शुभदेव महादेव मन्दिर मा स्थानीयहरूले चन्दा सङ्कलन गरेर भौतिक संरचना निर्माण गरेका छन् | पुर्चौडि नगर पालिका वडा नम्बर ४ सुरजाङल स्थित मन्दिर निर्माण गरिएको शुभदेव मन्दिर व्यवस्थापन समिति सचिव सत्यलाल भट्टले बताए |

भट्टकै अगुवाइ मा मन्दिर परिसर भित्र भौतिक संरचना निर्माणका लागि चन्दा सङ्कलन गरिएको हो | यस्तै स्थानीयहरूले उक्त मन्दिर भित्र भौतिक संरचना निर्माणका लागि श्रम दान समेत गरेको भट्टले बताए |

असार देखि चन्दा सङ्कलन सुरु गरी मङ्सिर देखि निर्माण कार्य सुरु गरिएको यो मन्दिरमा ७ लाख भन्दा बढी चन्दा सङ्कलन भएको र दुई लाख पुर्चौडि नगर पालिका बाट निकासा हुन वाकी रहेको आर्थिक सहयोग रहेको र चन्दा सङ्कलन कार्य जारी रहेको शुभदेव महादेव मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष कामदेव भटृले बताए | 

चन्दा रकम पुर्चौडि नगर पालिका ४ सुरजाङल घर भई अहिले स्वदेश र विदेशका विभिन्न स्थानमा रहेका व्यक्तिहरू बाट सङ्कलन भएको शुभदेव महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष भीम दत्त भट्टले जानकारी दिए | स्थानीय धर्म ,संस्कृति , मूल्य मान्यताहरूको लागि आफूहरू लागि रहेको भटृले जनाए | 

चन्दा सङ्कलन भएको रकमले शुभदेव मन्दिर क्षेत्रमा हाल मन्दिर र पर्खाल निर्माण गरिएको र प्रवेशद्वार, भोजन गृह, शिवालय, घेर पर्खाल, पानी धारा, शौचालय लगायतका संरचना निर्माण गर्न बाकी रहेको शुभदेव मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष भटृले बताए | 

मन्दिर निर्माणमा भूमिका खेल्ने व्यक्तिहरू लाई महादेव स्वामीका पुजारी दीर्घ राज भट्टद्वारा सम्मान र बधाई व्यक्त गरिएको छ |  अहिले सम्म शुभदेव महादेव ले पर्खी रहेको र अहिलेको पीढीले महान् कार्य गरेको मन्दिरमा पूजाकै क्रममा पुजारी भटृले भने |

यस मन्दिर व्यवस्थापन र विकास को लागि पुर्चौडि नगर पालिका र आफूहरू  सकारात्मक रहेको नगर उप प्रमुख मिना धानुक    जानकारी दिए | 

यस मन्दिरमा वैशाख देखि जेठ र असोज देखि मङ्सिर महिनामा पुजाली हुने गर्छ भने महादेव, निमुन, पिचास देवका थानहरू रहेका छन् | 

जन रीत अनुसार तत्कालीन समयमा यस क्षेत्रमा हाटका बमहरूको दबदबा रहेको बेला आफैमा ज्योतिष शास्त्रका विद्वान र महादेव स्वामीका धामी रहेका भट्टले आत्मा हत्या गरेपछि बमहरूको घरमा दैविक प्रभाव परि अशान्ति भएपछि शुभदेव बडा लाई देवभूमि सुनभाङल/ सुनघाङल हालको सुरजाङल दिएपछि शुभदेव न्यायका देवता बनेर स्थापित भएका स्थानीय नरदेव भट्टले बताए |

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार