एक लाख बढी भारतीय रुपैयाँ सहित धनगढीबाट २ जना पक्राउ

एक लाख बढी भारतीय रुपैयाँ सहित धनगढीबाट २ जना पक्राउ

धनगढीः कैलालीको धनगढीबाट एक लाख ४१ हजार भारुसहित २ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार उनीहरू पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कका ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अंकित गुप्ता रहेका छन्। उनीहरू त्रिनगरबाट स्रोत नखुलेको भारतीय नगद रकमसहित पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको टोलीले उनीहरूलाई सुदूरपश्चिम प्रदेश ०१००८ प १६६० नम्बरको मोटरसाइकल र भारतीय रकमसहित पक्राउ गरेको हो। उनीहरूको स्रोत नखुलेको रकमको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार