स्पाइन सर्जनहरुको एकदिने कार्यशाला सम्पन्न, उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान

स्पाइन सर्जनहरुको एकदिने कार्यशाला सम्पन्न, उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान

नेपालगञ्जः नेपालगन्ज मै पहिलोपटक एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले आयोजना गरेको एकदिने कार्यशाला शनिवार भव्यताका साथ सम्पन्न भएको छ । मेरुदण्डको चोट, चोटपटकको उपचार लगायत स्पाइनका विभिन्न समस्यामा केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु गर्दै सम्मेलन सम्पन्न भएको हो ।

नेपाल अर्थोपेडिक एसोसियसन वेष्टर्न च्याप्टरको सहकार्य गरेको कार्यशालामा देशभरबाट उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान साथै राजधानी बाहिर पनि मेरुदण्ड रोगको उपचारका लागि पर्याप्त सेवा सुविधा को व्यवस्था स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा समेत कार्यशालामा ६० जना बढी सँग छलफल गरिएको थियो ।

मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे कार्यशालामा बृहत छलफल गरिएको आयोजकले जानकारी दिएको छ । मेरुदण्ड रोग सम्बन्धी आयोजित कार्यशालाले पश्चिम नेपालका स्पाइनका विरामीलाई लाभान्वित बनाउने आयोजकले विश्वास गरएका् छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार