नेपालमा एक वर्षमा थपिए ७० हजार क्षयरोगका बिरामी

क्षयरोग दिवस

हरेक वर्ष २४ मार्चमा मनाइँदै आएको विश्व क्षयरोग दिवस नेपालमा  विविध जनचेतनामूलक कार्यक्रम मनाइँदैछ । ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएको केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले जनाएका छन्  ।

नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा समस्या देखिएको साथै नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती देखिएको डा. श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ । 

सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिए पनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ । नेपालमा क्षयरोगको उच्च जोखिमको समूहमा कूपोषित व्यक्तिहरू, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, धुम्रपान गर्ने र मदिरा सेवन गर्ने व्यक्ति पर्ने गरेको केन्द्रले जनाएको छ । 

सरकारले देशभर ‘क्षयरोग मुक्त नेपाल’ अभियान संचालन गरिरहेको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार