यो रङ्ग बदल्ने अनि स्वार्थ लुट्ने हरुको युग हो !

बाहिर उमङ्ग ले कोलाहल मचाएको छ
होली का रङ्ग हरु बर्षी रहेको माहोल छ
मान्छेको खरिद बिक्री हुने सहर मा
नाच्ने गाउने हरु को भिड छ
सम्बन्ध तोड्ने अनि जोड्ने हरुको भिड छ
रङ्ग दल्ने र रङ्ग बदल्ने हरुको भिड छ।।।

अनेकौ किसमका रङ्ग हरुले रङ्गिएका
लाखौं मान्छे हरुको भिडमा
एक थान यो रङ्ग हिन उमङ्ग हिन
स्वार्थ हिन जिन्दगी ले यी सबै
नाच्ने गाउने रङ्ग दल्ने रङ्ग बदल्ने
सब्बै सब्बै लाई अवलोकन गर्दै छ र…

मन मनै सोच्दै छ अनि आफै लाई भन्दैछ …
तिमी पनि रङ्ग बद्ने हरु जस्तै नबद्लिनु
स्वार्थ का लागि सम्बन्ध बनाउन नसिक्नु
यो रङ्ग बदल्ने र स्वार्थ लुट्ने हरुको युग हो ।।

व्यवहारमा सधै एउटै रङ्ग कायम राख्नु
स्वार्थ संग साईनो सम्बन्ध नै नराख्नु
सत्य को पक्षधरतामा अडिग भएर उभिने हरुले
यो रङ्ग बदल्ने र स्वार्थ लुट्ने हरुको युगमा

सधै एक्लै लड्नु पर्छ लड्नु सधैं एक्लै हिड्नु पर्छ हिड्नु
सधैँ दुख भोग्नु पर्छ भोग्नु सधैँ पीडा खेप्नु पर्छ पीडा सहनु
जे जे सहनु पर्छ सहनु र जो जो संग लड्नु पर्छ लड्नु
तर स्वाभिमान,ईज्जत र ईमान मर्न नदिनु,
यो नेपाली को सीर हो कहिल्यै झुक्न नदिनु।

  • प्रकाशित शव्द रचना/कविता राजेन्द्र भट्टका हुन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार