दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न आदेश

केजरीवाल

एजेन्सी- जाँड–रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।

मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा थिए ।

जाँड–रक्सीसम्बन्धी नीति घोटालाको बारेमा सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीले बताएको थियो । उनले आफ्नो फोनको पासवर्ड नदिएका ईडीका एसबी राजूले बताएका खबरमा उल्लेख छ ।

आज राउज एभेन्यु कोर्ट आउँदै गर्दा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन् त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका थिए ।

जाँड–रक्सी घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गएको मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । यस प्रकरणमा एक सय करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप उनीमाथि लगाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार