गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबिच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबीच भेटवार्ता

पोखरा : गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबिच बिहीबार भेटवार्ता भएको छ । बिहीबार गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा बागमतीका प्रदेश प्रमुख शर्मालाई स्वागत सँगै भेटवार्ता गरिएको हो ।

हालै प्रदेश प्रमुख नियुक्त भएका भट्टलाई बागमती प्रमुख शर्माले बधाई ज्ञापन गरेका छन् । भेटका अवसरमा प्रमुख द्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै आपसी कार्यानुभव आदान प्रदान, दुई प्रदेशबिच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड गरेको गण्डकी प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

यस्तै, प्रदेशका सीमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिका लगायतका विषयमा समेत कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा प्रदेश प्रमुख शर्माले गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्टलाई बागमती प्रदेश भ्रमणका लागि निमन्त्रणा समेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार