चीनमा भारी वर्षाका कारण राजमार्ग भत्कियो

चीनमा भारी वर्षाका कारण राजमार्ग भत्कियो
प्रकाशित : :

काठमाडौं : दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक भाग भत्किएको छ।

सो दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । दुर्घटना मेइझोउ हिल नजिकै बिहीबार बिहानी पख २ बजे भएको थियो । जसमा सडकको एउटा लेन १८ मिटर तल खसेको थियो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रू बोकेका २० सवारी साधन तल खसेका थिए । घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा खटिएका थिए । सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।

दुर्घटनापछि राजमार्ग अवरूद्ध भएको छ । यो राजमार्गले ग्वाङ्डोङलाई फुजियान प्रान्तसँग जोड्छ। चीनमा मजदुर दिवसमा चार दिन बिदा हुन्छ । र, देशका अधिकांश राजमार्गहरू टोल फ्री छन्। जसका कारण सवारीसाधन बढी दुर्घटनामा परेका छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो आँधी शनिबार (अप्रिल २७) दिउँसो ग्वाङडोङमा आएको थियो । यस अवधिमा यहाँ अधिकतम २०।६ मिटर प्रति सेकेन्ड हावाको गति रेकर्ड गरिएको थियो। यसपछि भारी वर्षा भएको थियो ।

जसका कारण राजमार्ग भत्किएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार