SKIP THIS

S.P.A  Collage

एसपीए कलेजका उप-प्राध्यापक जोशीले गरे पशु कल्याण धनगढीलाई सहयोग 

एसपीए कलेजका उप-प्राध्यापक जोशीले गरे पशु कल्याण संघ धनगढी लाई सहयोग

धनगढी : पशु कल्याण धनगढीलाई सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजका उप-प्राध्यापक भरत जोशीले सहयोग गरेका छन्। गौ संरक्षण सेवामा खटिँदै आएको पशु कल्याण संघ धनगढीलाई जोशीले  नगद रु २० हजार सहयोग गरेका हुन् ।

उप-प्राध्यापक जोशीले धनगढी वडा नम्बर ३ को गौशाला तथा गोदावरी वडा नम्बर ५ गेटामा रहेको गौशालाका पशु चौपायाको औषधी तथा पशु आहाराका लागी उक्त रकम सहयोग गरिएको बताए ।

साथै सडकमा छाडा छोडिएका घाइते अवस्थाका पशु चौपायाको उपचारमा सहयोगले केही मात्रामा राहत पुग्ने उद्देश्यले सहयोग गरिएको बताए। 

पशु कल्याण धनगढी समितिका अध्यक्ष चेतराज अवस्थी (यस्पाल) का अनुसार उनले एक महिनाका लागी आर्थिक सहयोग गरेका हुन् । उप प्राध्यापक जोशीले भूषा पराल, खाद्यान्न तथा औषधी उपचारका लागी साथ र सहयोग गरेको भन्दै पशु कल्याण धनगढी समितिका अध्यक्ष अवस्थीले धन्यवाद व्यक्त गरे ।

गौ संरक्षणका लागी बनाइएका गौशालामा पशु चौपायाका लागी आवश्यक आहारा तथा उपचारमा आर्थिक अभाव हुने गरेको छ ।

पशु कल्याण धनगढीका अध्यक्ष अवस्थी समय-समयमा विभिन्न ठाउँ तथा सडकमा छाडिएका गाईहरूको उपचार सहित आहारा खुवाउने कार्यक्रम राख्दै आएका छन्।

गौ संरक्षणका विभिन्न सहयोगीदाताबाट संलकन भएको रकमले  चलिरहेपनि त्यो ।पर्याप्त नभएको बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार