SKIP THIS

S.P.A  Collage

धनगढी जेसिजले वृक्षारोपण गरेर मनायो विश्व वातावरण दिवस

धनगढी जेसिजले वृक्षारोपण गरेर मनायो विश्व वातावरण दिवस

धनगढी : धनगढी जेसिजले धनगढीमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । माउण्ट सैपाल स्कुलसँगको सहकार्यमा धनगढी जेसिजले शिवपुरी धाममा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाएको हो

शिवपुरी धाम क्षेत्रमा विभिन्न किसिमका २५ वटा रुखहरु रोपिएका छन् । धनगढी जेसिजका कार्यकारी अध्यक्ष आशिष शाहको अध्यक्षतामा भएको कार्यक्रममा शिवपुरी धाम व्यवस्थापन समितिका अध्यक्ष वलदेव भट्टको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रम मार्फत वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिनका लागि वृक्षारोपण गरिएको कार्यक्रम संयोजक देवराज अवस्थीले जानकारी दिए ।

धनगढी जेसिजका कार्यकारी अध्यक्ष आशिष शाहले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार